Comments Add Comment

रुसमा अत्यावश्यक बाहेक सबै सेवा बन्द

१५ चैत, काठमाडौं । रुसले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने तयारी गरेको छ । सरकारले सबैलाई घरमा नै बस्न आग्रह गरिरहेको छ ।

इटाली, स्पेनजस्ता मुलुकमा कोरोना भाइरसको महामारी नियन्त्रणबाहिर गइरहेको बेला रुसले भने पूर्व सावधानी अपनाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले एक साताका लागि सबैलाई तलबी बिदा दिने निर्णय गरेका छन् । तर, स्वास्थ्य अवस्था अनुसार यो प्रतिबन्ध बढाउन सकिने बताइएको छ ।

बीबीसीका अनुसार पुटिनले यो आगामी सातादेखि सबैलाई घरमा नै बस्न अनुरोध गरेसँगै मस्कोमा मास्क, स्यानिटाइजरजस्ता सामग्री किन्ने मानिसको संख्या पनि बढेको छ ।

खाना तथा अन्य आवश्यक सेवाका क्षेत्रहरु भने खुला रहनेछन् ।

रुसमा अहिलेसम्म संक्रमितको संख्या १ हजार ३६ जना पुगेको छ । अधिकांश संक्रमित राजधानी मस्कोमा भेटिएका छन् । साथै अहिलेसम्म चारजनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment