Comments Add Comment

‘बेलायतमा कोरोनाबाट मर्नेको संख्या २० हजारभन्दा कममा राख्नु उपलब्धि’

१५ चैत, काठमाडौं । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)का चिकित्सा निर्देशक स्टेफेन पोबिसले देशमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजारभन्दा कममा राख्नु ठूलो उपलब्धि हुने बताएका छन् ।

बेलायतमा कोरोनाका कारण एक हजार १९ जनाको मृत्यु भएको छ, जसमध्ये दुई सय ६० को मृत्यु पछिल्लो २४ घण्टामा भएको हो । कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेका बेला स्टेफेनको यो चेतावनी आएको हो ।

सरकारको नियमित ब्रिफिङमा बोल्दै उनले अहिले अपनाइएको कोरोना भाइरस नियन्त्रण नीति कत्तिको प्रभावकारी हुन्छ भन्ने हेर्न एक महिनासम्म लाग्ने बताएका छन् ।

समयमा नै संक्रमण रोक्न नसकिए मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने उनले चेतावनी दिएका छन् । उनले भाग्यको भरमा कोरोना भाइरस नघट्ने बताउँदै तत्काल कदम चाल्न आवश्यक रहेको बताए ।

कोरोना भाइरस नियन्त्रणका लागि बेलायतमा वास्तविक लकडाउन आवश्यक रहेको र आफूहरुले त्यसको लागि सरकारलाई आग्रह गर्दै आएको पोविसले बताए । उनले भाइरस नियन्त्रण गर्नु सबै मानिसको जिम्मेवारी रहेको बताए ।

एनएचएसले अहिले लण्डनमा माग अनुसारको क्षमता बढाउन नसकेको समेत पोविसले बताए । उनले सबै सर्वसाधारणलाई मृतकको संख्या घटाउन महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे ।

उनले सबै नागरिकलाई जमघटमा सहभागी नहुन र घरमा नै बस्न सबैलाई आग्रह गरेका छन् । यसले बेलायतमा मृतकको संख्यामा कमी आउने र एनएचएसमाथिको दबाब पनि कम हुने उनको भनाइ छ ।

बीबीसीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment