+
+
Shares

महासंघको प्रश्न– कुखुरा फार्ममा दाना पुर्‍याउने, गाईबारे नसोच्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १६ गते ८:३१

१६ चैत, काठमाडौं । लकडाउनका बेला राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध मिलाउन विश्व हिन्दू महासंघ नेपाल केन्द्रीय समितिले सरकारसँग माग गरेको छ ।

महासंघले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी मुलुकभर विशेषगरी उपत्यकाभित्र रहेका गाई फार्ममा भुसा, दानालगायत खाद्य पदार्थको अभाव रहेको उल्लेख गर्दै तिनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।

छिट्टै आहारको व्यवस्था नगरे सांस्कृतिक रूपमा गौमाताका रूपमा पुजिने गाई बचाउन मुस्किल हुने भएकाले सरकारको गम्भीर ध्यानाकर्षण गराइएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेद्वारा हस्ताक्षतिर विज्ञप्तिमा उल्लेख छ ।

‘गौमाताको जीवनरक्षामा सरकार असंवेदशील भई गाई फार्महरुमा दाना तथा खाद्यपदार्थ पुर्याउन अवरोध गरेको विषय कदापि सह्य हुँदैन, कुखुरा फार्ममा दाना पुर्याउन व्यवस्था गरिदिने तर गाई फार्ममा दाना पुर्याउन बाधा दिने सरकारको रवैया तत्काल सच्चिनुपर्दछ,’ उनले भनेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?