Comments Add Comment

देशका विभिन्न भागमा फसेका कुल नाै सय ६४ पर्यटकको उद्दार

१६ चैत, काठमाडौं । लकडाउनका कारण देशका विभिन्न स्थानमा फसेका नौ सय ६४ पर्यटकको उद्दार भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार शुक्रवार र शनिबार गरी ती पर्यटकलाई देशका विभिन्न स्थानबाट काठमाडौं ल्याइएको हो ।

त्यसमध्ये, शुक्रबार र शनिबार कतार एयरवेजमार्फत् करिब ९ सय पर्यटकलाई सम्बन्धित मुलुकतर्फ पठाइसकिएको छ । बोर्डको तथ्यांकअनुसार क्राइसिस रेस्पोन्स युनिटको नेतृत्वमा पोखराबाट चार सय ८०, लुक्लाबाट दुई सय पाँच जनाको उद्दार गरिएको छ ।

जोमसोमबाट एक सय ७७, अन्नपूर्ण आधार शिविरबाट ६०, मनास्लु सर्किटबाट २६ जनालाई उद्दार गरिएको हो । यसैगरी, गोरखाबाट पाँच जना, कान्देबाट चार जना, ताप्लेजुङबाट तीन जना र बेनिबाट एक जनाको उद्दार गरिएको छ ।

पर्यटकको उद्दारपछि लागि उनीहरुसँगै गएका गाइड, भरिया तथा अन्य सहयोगीको भने आइतबार बिहानैबाट उद्दार सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment