Comments Add Comment

लकडाउनको छैठौं दिन : यस्तो देखियो बुटवल

१६ चैत, बुटवल । लकडाउनका कारण प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवललगायत यस आसपासका जिल्ला ठप्प छन् ।

विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)बाट सतर्क रहन सरकारले गरेको आग्रहलाई पालना गर्दै प्रायः मानिसहरु घरबाहिर निस्किएका छैनन् । तुलनात्मक रुपले अहिले नागरिकले लकडाउनलाई कार्यान्वयन गरेको पाइएको छ । बेलुकाको समयमा मात्रै बुटवलमा तरकारी किन्नका लागि चोकचोेकमा मानिसहरु निस्कने गरेको पाइन्छ ।

प्रेस, एम्बुलेन्स, खानेपानी, दूध, अस्पतालका सवारी साधन, प्रहरी, शव बाहन सवारी साधन मात्र सडकमा गुडेका छन् । बजार पूर्णरूपमा ठप्प छ भने निजी अस्पताल, फार्मेसी पनि फाट्ट फुट्ट खुलेका छन् । भित्री सडकमा भने केही फाट्फुटट मोटरसाइकल चलेका र साना किराना, चिया पसल खुलेको देखिन्छ ।

प्रहरीले चोक–चोकमा चेकजाँचलाई कडाई गरेको छ भने सडकमा देखिएका मानिसहरूलाई घर भित्रै बस्न आह्वान गरिरहेको छ । अटेर गरी सवारी साधन चलाउनेलाई कारबाही गरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक भीमलाल भट्टराईले बताए ।

दिनभर यसको पूर्णरुपमा पालना गरिएको छ तर बेलुका भने केहीबेर बजार अस्तब्यस्त देखिने गरेको छ ।

रुपन्देहीबाट प्रकाशित हुने सबै राष्ट्रिय दैनिक पत्रपत्रिकाहरु पनि बन्द भएका छन् । पत्रिकाहरुले अनलाइनबाट पाठकलाई सूचना दिएका छन् ।

बुटवलका कतिपय भित्री सडकमा बाँस तेर्साएर पर्चा पम्पलेट राखी सडक अवरुद्ध पारिएको छ । भित्रट्ठ टोलहरुमा अपरिचित ब्याक्तिलाई प्रवेश निषेध गरिएको छ ।

देशकै दोस्रो ठूलो बेलहिया नाका प्रहरीले सोमबार १० बजेदेखि पूर्ण रुपमा बन्द छ । बेलहिया नाकाबाट इन्धन र अन्य मालबहाक सवारी साधान सहज रुपमै नेपाल आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment