Comments Add Comment

जोगिन्दर शर्मा : २००७ को टी २० विश्वकप हिरो, अहिले रियल हिरो

१६ चैत, काठमाडौं । विश्वभर अहिले कोरोना भाइरस महामारीले भयावह अवस्था सिर्जना गरेको छ । विश्व अहिले कोरोनाबाट कसरी बच्ने भन्नेमा तल्लीन छ। यस बीचमा केही रमाइला तथ्य पनि सार्वजनिक हुन थालेको छ । हालै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय क्रिकेटर जोगिन्दर शर्माको प्रशंसा गरेर ट्वीट गरेपछि अहिले उनी भाइरल बनेका छन् ।

खासमा जोगिन्दर पहिला क्रिकेटर थिए । अहिले प्रहरी सेवामा रहेका उनले कोरोनाविरुद्ध लड्न गरेको कामको प्रशंसा गर्दै आईसीसीले ट्वीट गरेको हो ।

जोगिन्दरले सन् २००७ को आईसीसी टी २० विश्वकपको फाइनलमा पाकिस्तानविरुद्ध अन्तिम ओभर बलिङ गरेका थिए । जहाँ उनले मिस्वा उल हकको विकेटसमेत लिएका थिए । जोगिन्दरले ३.३ ओभरमा २० रन मात्र खर्चेर २ विकेट लिए । उनले सर्वाधिक ४३ रन बनाएका मिस्वालाई अन्तिम विकेटका रुपमा आउट गरेका थिए ।

२००७ को विश्वकप फाइनलका हिरो बनेका उनै जोगिन्दर अहिले रियल हिरो बनेका छन् । क्रिकेट करियरपछि उनी डिएसपीको रुपमा कार्यरत छन् । अहिले कोरोनाविरुद्ध बच्न भारतका २१ दिनको लकडाउन छ । त्यसैमा खटिएका छन्, जोगिन्दर   ।

‘२००७ मा टी२० वर्ल्डकप हिरो २०२० मा रियल वर्ल्ड हिरो । क्रिकेट करियरपछि पुलिसम्यान बनेका भारतका जोगिन्दर शर्माले विश्व स्वास्थ्य नै खतरामा रहेको बेला आफ्नो काम गरिरहेका छन्’ आईसीसीले  भनेको छ ।

कोरोना भाइरसको कारण अहिले क्रिकेटलगायत सबै खेलकुद ठप्प छ । भारतमा पनि इन्डियन प्रिमियर लिग कोरोनाकै कारण मार्च २९ बाट अप्रिल १५ सम्मलाई स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment