
काठमाडौं । अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित चार गुणाले बढेका छन् । अमेरिकी समाचार संस्था सीएनएनकाअनुसार पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका संक्रमित निकै तीब्र गतिमा बढेका हुन् ।
अमेरिकामा अहिले समग्र संक्रमितको संख्या एक लाख ३९ हजार नाघेको छ । संक्रमितको यो संख्या गत सोमबार बिहान ३४ हजारभन्दा केही बढी थियो । संक्रमित संख्याको हिसाबमा सो अवधिमा अमेरिकाले इटाली र चीनलाई पनि पछि पारेको हो ।
गत सोमबारसम्म अमेरिकामा चार सय १४ जना मानिसको ज्यान कोभिड–१९ को कारण गएको थियो । मृतकको संख्या भने संख्या भने अझै तीब्र गतिमा बढेको छ । अहिले अमेरिकमा मृतकको संख्या दुई हजार पाँच सय नाघिसकेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति कार्यालयका कोरोना भाइरस टास्क फोर्सका एक सदस्य एन्थोली फाउकीले आइतबार अमेरिकामा कोरोना भाइरस संक्रमित संख्या १० लाख नाघ्न सक्ने बताएका थिए ।
आइतबार राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकामा यो भाइरसको कारण समग्र मृत्यु हुनेको संख्या एक लाखभन्दा कममा राख्नु निकै राम्रो काम हुने बताएका छन् ।
प्रतिक्रिया 4