Comments Add Comment

आफ्ना नागरिकलाई आपतकालीन खर्च दिँदै दक्षिण कोरिया

काठमाडौं । कोरोनाको कारण प्रभावित भएका नागरिकहरुलाई दक्षिण कोरियाले आपतकालीन खर्च दिने भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले सोमबार आर्थिक नीतिनिर्मातासँग छलफल गरेपछि यस बारेमा जानकारी दिएको हो ।

छलफल पछिको निर्णय अनुसार कोरियाले सबैभन्दा बढी कमाउने ३० प्रतिशतबाहेक सबै नागरिकलाई प्रतिपरिवार आठ सय १६ डलरसम्म नगद सहायता दिने भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को कारण मानिसहरुमा परेको असरलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको दक्षिण कोरियाली राष्ट्रपति मून जाइन इनले बताएका छन् ।

अल जा जिराका अनुसार सोमबार आर्थिक नीतिनिर्मातासँगको छलफलपछि आपतकालीन अवस्थाकोे लागि सहायता रकम दिने निर्णय गरेको हो । मुनले अप्रिलमा अर्को थप बजेट ल्याउने तयारी भइरहेको बताए । साथै, केही साना र मझौला कम्पनीहरुले पनि आशिंक रुपमा बीमा र उपयोगिताको शुल्कमा समेत छुट दिने उनको भनाइ छ ।

कोरोना भाइरसको असर कम गर्न दक्षिण कोरियाले यसअघि नै व्याजदर कटौती, पूरक बजेट, कम्पनीहरुलाई ८१ अर्ब ६० करोड डलरको आर्थिक प्रोत्साहन प्याकेज लगायतका योजना ल्याइसकेको छ । दक्षिण कोरिया समय कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सफल देखिएको छ ।

सोमबार दक्षिण कोरियामा ७८ नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये कम्तीमा १३ जना बाहिरबाट आएका थिए । अहिलेसम्म दक्षिण कोरियामा समग्र संक्रमितको संख्या नौ हजार छ सय ६१ पुगिसकेको छ भने यसबाट मृत्यु हुनेको संख्या पनि एक सय ५८ पुगेको छ । दक्षिण कोरियाले अप्रिल एकदेखि विदेशबाट आउने सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

यो नियम उल्लंघन गर्नेलाई एक वर्षको जेल सजाय वा आठ हजार एक सय ६० डलर जरिवाना गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment