+

बार्सिलोनाका खेलाडी ७० प्रतिशत तलब कटौती गर्न तयार

२०७६ चैत  १७ गते १८:५० २०७६ चैत १७ गते १८:५०
बार्सिलोनाका खेलाडी ७० प्रतिशत तलब कटौती गर्न तयार

१७ चैत, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका खेलाडीले ७० प्रतिशत तलब नलिने भएका छन् ।

क्लबका कप्तान लिओनल मेसीले खेलाडीहरु ७० प्रतिशत तलब कटौती गर्न सहमत भएको बताए । मेसीले सोमबार इन्स्टाग्राममा यसबारे लामो सन्देश पोस्ट गरेका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारीले गर्दा अहिले विश्व फुटबल ठप्प छ । त्यसैले विभिन्न क्लबहरुले खेलाडीको तलब कटौती गरिरहेका छन्।

कोरोना महामारीका कारण ला लिगा अनिश्चितकालका लागि स्थगित छ भने विश्वभरका फुटबल गतिविधिहरु ठप्प छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय