Comments Add Comment

यो वर्षका ५ फिल्म, जसले नाफा कमाए

विश्वभर फैलिएको कोरोना त्रासका कारण चैत्र महिनाभर कुनैपनि नेपाली चलचित्र रिलिज नहुने पक्का छ ।

यो वर्षको अन्तिम नेपाली चलचित्रको रुपमा ‘धुलो’को रिलिज भयो । ‘म यस्तो गीत गाउँछु’को दोश्रो सिरिज, निरफूल, लक्का जवान, चपली हाइट र पेमगीतको तेश्रो सिरिज यो वर्ष रिलिजको तयारीमा थिए । तर, यी कुनै पनि चलचित्र रिलिज भएनन् ।

यो वर्ष गतवर्षको तुलनामा कम चलचित्र रिलिज भए । यो वर्ष व्यापारिक रुपमा सफल चलचित्रको संख्या पनि कम छ।

यो वर्ष पनि गत वर्षको जस्तै दीपकराज गिरी र उनको टिमले अभिनय गरेको तथा रोहित अधिकारीले निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’ सर्वाधिक कमाउने चलचित्र बन्यो ।

यस्तै, यो वर्ष सर्वाधिक कमाउने दोश्रो चलचित्रको रुपमा ‘कबड्डी’को तेश्रो सिरिज रहन पुग्यो । चलचित्र ‘जात्रै जात्रा’ र ‘आमा’ले पनि नाफा कमाउन सफल भए । चलचित्र ‘दाल, भात, तरकारी’ले लगानी सुरक्षित त गर्‍यो । तर, दर्शकको प्रशंसा भने कमाउन सकेन ।

यी बाहेक अन्य केही चलचित्रले औषत कारोबार गरे । नेपालबाटै लगानी उठाउन नसकेपनि ‘मारुनी, पोइ पर्‍यो काले’ लगायतले दर्शकको माया पाए ।

यसरी हेर्दा, यो वर्ष रिलिज भएका पाँच चलचित्र मात्र नाफा कमाउन सफल भएको देखिन्छ । अर्को वर्ष कुन महिनादेखि चलचित्र रिलिज हुन्छ भन्ने पक्का भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment