+
+
Shares

मानिसको आवातजावत रोक्न झेलुङ्गे पुलमा ताला

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते १३:४२

१९ चैत, गोरखा । लकडाउनको समयमा पनि मानिसको आवतजावत नरोकिएपछि गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुलमा ताला लगाइएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका-८ र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ जोड्ने पुलमा मंगलबार ताला लगाइएको हो ।

‘ससुराली, आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थाल्यो, मोटरसाइकलहरु बढी आउजाउ गर्न थाले’ भीमसेन थापा–८ का वडाध्यक्ष बासु थापाले भने, ‘त्यसलाई नियन्त्रण गर्न खोजेका हौं ।’

उनका अनुसार पुलको वारी र पारी साङ्ला बाँधेर ताला लगाइएको छ । स्थानीय टोल सुधार समिति, प्रहरी, सरोकारवाला लगायतका निकायसँग समन्वय गरी ताला लगाउने निर्णय गरिएको उनले बताए ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने उद्देश्य रहेको उनको भनाइ छ । ‘गाउँमा यसरी मानिसहरु आउन थालेपछि संक्रमणको जोखिम हुन्छ, ताला लगाएर केही समयका लागि मानिसको फ्लो रोक्न खोजेका हौं,’ उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?