+
+

कोरोनाविरूद्धको कोषमा कुमारी बैंकको ७० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते १४:५३

१९ चैत, काठमाडौं । कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड-१९ महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा ७० लाखको योगदान गरेको छ ।

प्रत्येक प्रदेशलाई १० लाखको दरले बैंकले कुल ७० लाखको सहयोग पुर्‍याउने भएको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले उक्त रकम सहयोग स्वरुप दिएको हो।

संस्थागत सामाजिक उतर दायित्व कार्यक्रमअन्तर्गत् बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा १० लाखका दरले जम्मा हुनेगरी सहयोग उपलब्ध गराएको हो । सो सहयोगमार्फत् कोरोना भाइरसको रोकथामका साथै न्यून आम्दानी भएका अतिविपन्न, सीमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग पुग्नेमा बैङ्क विश्वस्त छ ।

यही चैत्र १८ गते मंगलबारका दिन बैङ्कका गण्डकी प्रदेश प्रमुख नवीनराज पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १० लाखको सहयोग रकम हस्तान्तरण गर्दै सहयोग प्रकृया शुभारम्भ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?