+

महिला युरोकप पनि एक वर्षपछि सर्‍यो, अब २०२२ मा हुने

२०७६ चैत  २० गते ११:२१ २०७६ चैत २० गते ११:२१
महिला युरोकप पनि एक वर्षपछि सर्‍यो, अब २०२२ मा हुने

काठमाडौं । इंग्ल्यान्डमा सन् २०२१ मा आयोजना हुने युरोपियन वुमन्स च्याम्पियनसिप फुटबल पनि एक वर्षपछि सरेको छ ।

अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीको कारण यसै वर्ष तय भएको टोकियो ओलम्पिक र युरोकप २०२० एक वर्षपछि सरेको छ ।

त्यसै कारण २०२१ मा तय भएको महिला युरोकप पनि एक वर्षपछि सरेको हो । महिला युरोकप अब सन २०२२ मा आयोजना हुने बीबीसीले जनाएको छ । युरोपका तीन टिम इंग्ल्याण्ड, नेदरल्याण्ड्स र स्वीडेन ओलम्पिकका लागि छनोट भइसकेका छन् ।

युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफले बुधबार आफ्नो ५५ सदस्य राष्ट्रसँगको ऐडियो कन्फ्रेन्सका विभिन्न निर्णय गरेको थियो । तर वुमन्स युरो २०२१ बाट २०२२ मा सार्ने बारे केही भनेको छैन ।

तर डेनिस फुटबल एसोसियसनले आफ्नो वेबसाइटले वुमन्स युरोकप सार्ने बारे कुरा भएको जनाएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय