Comments Add Comment

अर्जेन्टिनीले रोनाल्डोलाई मन पराउँदैनन् : डिबाला

२० चैत, काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र पाउलो डिबला एकै क्लबबाट व्यवसायिक फुटबल खेल्छन् । इटालियन सिरि ए मा यी दुई युभेन्ट्सबाट खेलिरहेका छन् । डिबला अर्जेन्टिनाका हुन् भने रोनाल्डो पोर्चुगलका । देशका लागि खेल्दा डिबलाले अर्का स्टार लिओन मेसीसंग सहकार्य गर्छन् ।

दुई स्टार खेलाडीसँग खेल्न पाउने डिबलाको सौभाग्य पनि हो । यसैबीच डिबलाले आफ्नो देश अर्जेन्टिनामा रोनाल्डो खासै चर्चित नरहेको बताएका छन् ।

‘मैले उहाँलाई भनेँ, क्रिस्टियानो, अर्जेन्टिनामा तपाईंको फिगरलाई मन पराइँदैन’ डिबलाले अर्जेन्टिनी फुटबल एसोसिएसनको अनलाइनसँगको अन्तर्वार्तामा भनेका छन् । ‘ तर तपाईले मलाई आश्चर्यमा पार्नुभयो, मैले भेट्दा त तपाईंलाई फरक पाएँ ।’

टिममेट मेसीसँग राष्ट्रिय टिममा संगै खेल्न कठिन रहेको भन्दै मेसीको आलोचना गरेपछि डिबला आलोचित बनेका थिए । ‘टिम मेटको आलोचना गर्नु मेरो कहिल्यै इच्छा थिएन । मैले के भइरहेको छ त्यसमा सुधार गर्नुपर्ने बारे भनेको हुँ’ डिबलाले भने,  ‘मैले यसबारे लिओसंग पनि कुरा गरेको थिएँ किनकी हामी दुवै जना ट्याक्टिकल्ली उस्तै छौं ।’

डिबलाले आफूले विश्वकप र कोपा अमेरिका धेरै खेल्न नपाए पनि अर्जेन्टिनी टिमको प्रशिक्षकको निर्णयलाई सधैं सम्मान गरेको बताए ।

यस्तै युभेन्ट्सका फरवार्ड डिबलाले कोरोना पोजिटिभ देखिँदा आफूलाई एकदमै गाह्रो भएको समेत बताए । ‘मैले धेरै खोकेँ । म धेरै थकित थिएँ । राति सुत्दा चिसो महसुस हुन्थ्यो’ डिबलाले भने, ‘यसरी बस्न केही कठिन पनि हुने रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment