+
+
Shares

विदेशबाट आएर घरमा लुक्नेलाई कारबाही गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १२:५७

२० चैत, सप्तरी । दिल्ली जमातमा सहभागी भएर फर्केकासहित विभिन्न देशबाट घर फर्केकाहरु सुरक्षित क्वारेन्टाइनमा नबसेपछि सप्तरीमा प्रशासनले यस्ता व्यक्तिको खोजी सुरु गरेको छ ।

दिल्ली जमातमा सहभागी भई आएर आफ्नो घरमा लुकेर बसेको अवस्थामा प्रहरीले बुधबार ६ जनाभन्दा बढीलाई राजविराजबाट पक्राउ गरेको छ । जिल्लाको अन्य ठाउँबाट भारतको विभिन्न ठाउँबाट आएका ३४ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाइएको हो ।

जिल्लाको अन्य ठाउँमा पनि दिल्ली जमातका सहभागी तथा बाहिरबाट आएर घरमा लुकेका मानिस रहेको आशंका गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, सप्तरीले सार्वजनिक सूचना जारी गर्दै कोरोना रोगको संक्रमणको जोखिमको यस अवधिमा नेपाल प्रवेश गरी विभिन्न स्थानमा बसोबास गरी जानकारी नदिने व्यक्ति, तोकिएको क्वारेन्टाइनमा नबसी आदेशको उल्लङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कानुनी, कारबाही र दण्ड सजाय दिइने जनाएको छ ।

यस्तै, कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा असहयोग गर्ने, बाधा व्यवधान गर्ने, गराउने व्यक्तिलाई पनि सोही ऐनको आधारमा कारवाही गरिने प्रशासकीय अधिकत जनार्दन कट्टेलले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?