Comments Add Comment

दिल्लीदेखि बिहारसम्म, घर जान १२०० किलोमिटर रिक्सामा यात्रा

२० चैत, काठमाडौं । ‘रामबाग रोडमा भएको सबै रिक्सावालाहरु आइरहेका थिए । त्यसैले म पनि उनीहरुसँगै मिसिएर दिल्लीबाट निस्किएँ । त्यसपछि १० दिनमा घर पुगेँ ।’

बीबीसी हिन्दीकाअनुसार बिहारका समिरुलको यो कुरा जो कोहीका लागि विश्वास गर्न कठिन थियो । किनकी उनी १२ सय किलोमिटर रिक्सा चलाएर घर आएका थिए । समिरुल दिल्लीदेखि बिहार राज्यको मधुवनी जिल्लाको हरखाली प्राखण्डमा रहेको आफ्नो गाउँमा रिक्सा चलाएर पुगेका थिए । उनी १८ वर्षदेखि दिल्लीको आजाद मार्केटमा मजदुरी गर्दै आएका छन् । २२ मार्चमा जनता कर्फ्यू लागेपछि उनी आफ्ना अन्य साथीहरुसँग रिक्सा लिएर घर हिँडेका थिए ।

‘मैले केही सोच्न सकिरहेको थिइनँ । बन्द थियो, केही कमाइ भइरहेको थिएन । चिया पसल र होटलहरु बन्द भइसकेका थिए’ उनी भन्छन्, ‘डराएको त कोही थिएनन् । तर, रामबाग रोडमा सुत्ने गरेको स्थानमा पनि प्रहरी हिँड्न थालेका थिए भने कसरी गुजारा चल्थ्यो । त्यसैले घर आएँ ।’

बाटोमा कठिनाई

समिरुल र उनका साथी २२ मार्चमा सबैले आ-आफ्नो रिक्सा र एकचोटीको खाना लिएर हिँडेका थिए । समिरुलको साथमा केही पैसा थियो । तर, मानिसहरुले बाटोमा केरा, पानी, पुरी बाँडिरहेका थिए । त्यही खाएर उनले भोक मेटे । बाटोमा ठाउँठाउँमा प्रहरी पनि भेटिएका थिए । तर, प्रहरीले सामाजिक दुरी कायम गरेर हिँड्न सुझाव दिएका थिए । अन्य स्थानमा केही घण्टा आराम गरेर उनी फेरि रिक्सा अघि बढाउँथे ।

औसतमा दैनिक तीन सय भारु कमाउने समिरुल र उनका साथीलाई गोपालगञ्ज जिल्लाको सीमाबाट सरकारी बसले दरभंगा लगेर छाडिदियो । समिरुलका अनुसार यसबाट उनीहरुलाई धेरै राहत मिल्यो । दरभंगाबाट सबै रिक्सा मजदुर आफ्नो गाउँतर्फ लागे। समीरुल पनि ३१ मार्चमा रिक्सा लिएर आफ्नो गाउँ पुगे ।

गाउँमा स्वागत

समिरुल गाउँमा पुगेसँगै सबै गाउँलेले उनको स्वागत गरेका छन् । सबैले उनी आएसँगै खुशी व्यक्त गरेका छन् । गाउँ पञ्चायतका मुखिया अख्तरिया खातुनका पति मोहम्मद इजहारले समीरुललाई गाउँ आएपछि अस्पताल लगेर परीक्षण गराइएको बताए । अहिले उनलाई एक स्कुलमा आइसोलेसनमा राखिएको छ । समिरुलले बाटोमा सधैं परिवारलाई फोन गर्थे । परिवारका सदस्यले भने उनलाई रिक्सामा त्यति लामो बाटो नआउन आग्रह गरेका थिए । समिरुल भने आफूसँग त्यसको कुनै विकल्प नरहेको बताउँछन् ।

यसरी कठिन यात्रा गरेर बिहार आइपुग्ने समिरुल एक्लो व्यक्ति होइनन् । यसरी संघर्षपूर्ण यात्रा गरेर आएका मजदुरहरु अब फेरि दिल्ली नफर्किने सोचमा छन् । तर, समिरुल भने निकै उत्साही देखिन्छन् । उनी रिक्सा घरमा नै छाडेर जाने र दिल्ली पुगेर अर्को रिक्सा किन्ने सोचमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment