
२० चैत, काठमाडौं । कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन नेपाल वायुसेवा निगमको वाइड बडी ए ३३० जहाज आज चीनको ग्वाङ्झाओ गएको छ ।
चार्टर्ड गरिएको सो जहाज आजै राति काठमाडौं फर्कने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।
सो जहाज बिहीबार बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वाङझाओ प्रस्थान गरेको थियो ।
चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान ल्याउन सो जहाज चीन गएको हो । तर, सामान काठमाडौं नआएसम्म के–के आउँछ भनेर बोल्न नमिल्ने एक अस्पतालका अधिकारीले बताए ।
यसअघि नेपाल सरकारको मेडिकल सामाग्री नेपाल एयरलाइन्सकै वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको थियो । बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।
त्यसपछि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4