Comments Add Comment

कति बाँकी छ सरकारी ढुकुटीमा खाद्यान्न र इन्धन ?

२० चैत, काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले लकडाउन लम्ब्याउँदै लगेपछि अत्यावश्यक वस्तुको आपूर्ति र उपलब्धता कस्तो हुन्छ भन्ने चिन्ता सर्वत्र छाएको छ ।

स्थानीय तहमार्फत् राहत वितरण गरिने घोषणा सरकारले गरिसकेको छ । बाह्य मुलुकसँगको आपूर्ति व्यवस्था सामान्य रहेको दाबी गरेको सरकारले आपूर्ति व्यवस्था रोकिए पनि सरकारी गोदाममा रहेकै खाद्यान्नले थप तीन महिना मुलुक धान्ने दाबी गरिरहेको छ ।

सरकारी खाद्य ढुकुटीका रुपमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँंग खाद्यवस्तुको मौज्दात कति छ त ?

राष्ट्रिय खाद्यान्न भण्डारमा रहेको धान र चामल

केन्द्रीय भण्डारण तथा देशभरमा रहेको गोदाममा गरेर एक लाख चार हजार सात सय ७४ मेक्ट्रिक टन चामल भण्डारमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस्तै देशभरका गोदाममा एक लाख ४६ हजार मेक्ट्रिक टन धान अहिले मौज्दात छ ।

उक्त धानबाट ९४ हजार मेक्ट्रिक टन चामल तयार हुनेछ । धानबाट चामल बनाउन तीब्र गतिमा देशैभरका मिलहरु सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मातहत मात्रै कुल एक लाख ९८ हजार आठ सय ५५ मेक्ट्रिक टन चामल हुनेछ । यस्तै, दुर्गमका २२ जिल्लाको भण्डारण केन्द्र तथा पसलमा गरेर ३४ हजार दुई सय ४७ मेक्ट्रिक्टन चामल पनि मौज्दात छ।

सबै विवरण हेर्दा सरकारी भण्डार तथा गोदाममा हाल दुई लाख ३३ हजार एक सय दुई मेक्ट्रिक टन चामल छ। उक्त मौज्दातले कम्तीमा पनि तीन महिनाको बजारको माग धान्न सक्ने सरकारी आँकलन छ । चामलको उक्त विवरणमा निजी क्षेत्रका खाद्यान्न गोदाम, कृषकको उत्पादनको हिसाब गरिएको छैन ।

धान र चामलको मौज्दात

सि.नं. स्थान चामल (क्वीन्टल) धान (क्वीन्टल)
बिर्तामोड ९५२४ ८००६
विराटनगर १,८९८ !
लहान ६,९३३ १५५८८
जनकपुर ७५ १४२१५
वीरगञ्ज १४,०४२ १४८९५
भैरहवा ३,५०० !
पोखरा ८०० !
सुर्खेत १३७६५ !
तुलसीपुर १२३४
१० नेपालगञ्ज २७२२० १५२००
११ राजापुर ! ४८०००
१२ धनगढी १४५७ २४२०८
१३ महेन्द्रनगर ! ५७५०
१४ काठमाडौं २४२२६ !
१५ २३ दुर्गम जिल्लाको ३४२४७
जम्मा १०४७७४ धानको चामल ९४१७४.५६ १४६००७.०७ चामल ९४०८१
कुल मौज्दात २३८१० मे.टन

दुर्गम जिल्लाको डिपो समेतको खाद्यान्न (चामल) मौज्दात विवरण

सि.नं. जिल्ला स्थान परिमाण
ताप्लेजुङ सदरमुकाम ७०३
संखुवासभा ,, २५०
भोजपुर ,, ३९०
सोलुखम्बु ,, १००
खोटाङ दिक्तेल १४०
वाक्सिला १२५
ऐसेलुखर्क ४००
ओखलढुंगा सदरमुकाम ४००
गोरखा ,, ८४०
सिर्दिवास १०९०
माछाखोला ३९०
मनाङ सदरमुकाम ३९१
हुम्दे २००
मुस्ताङ सदरमुकाम २५६
१० रोल्पा ,, ३७०
११ पश्चिम रुकुम ,, १५९
१२ जाजरकोट नायकवाडा १३०
१३ मुगु सदरम’काम २५००
सरुकोट ३००
पुल २७
श्रीकोट ५५
कोले ४००
रातापानी ३०
१४ डोल्पा सदरमुकाम ३०००
जुफाल २२५६
सर्मी ७००
काइगाउा ८००
शहरतारा ५००
१५ कालीकोट सदरमुकाम २८१२
खाप्लागाड ४८
पादमघाट ४६५
थिर्पु २३३
खल्लागाढ ४८
१६ बाजुरा मार्तडी ७२५
कवाडी
कोल्टी २७०
१७ जुम्ला सदरमुकाम २९३१
१८ हुम्ला ,, २९६६
सर्केगाड २६५
श्रीनगर १२०
१९ बझाङ सदरमुकाम ८६

तथ्याङ्क स्रोत : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment