अनिश्चितताको यो समयमा फुटबल प्रशासनले नसोचेको चुनौती बेहोरिरहेका छन् । विश्वभर कोरोना महामारीको रुपमा फैलिएको छ । खेलकुद जगतलाई नै अहिले कोरोनाले ठूलो प्रभाव पारेको छ ।
उदाहरणको लागि स्पानिस लिग फुटब ला लिगाको २०१९-२० सिजन पूरा गर्न नसके ६४८ मिलियन युरो गुमाउनेछ ।
ला लिगा सिजन पूरा गर्न चाहन्छ त्यसमा कुनै शंका छैन । यसका लागि ला लिगाले युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफए, विश्व फुटबलको सर्वोच्च निकाय फिफा र स्पानिस पुटबल फेडेरेसनसँग छलफल गरिरहेको छ ।
यसैबीच ला लिगा अब आइपर्न सक्ने सबैभन्दा खराब स्थितिको लागि पनि तयारी गरिरहेको छ जसको अर्थ हो सिजन पूरा हुन नसक्नु । यदी त्यस्तै अवस्था आउँछ र अब कुनै खेल भएन भने ला लिगाले करिब ९५६.६ मिलियन युरो गुमाउने स्पानिस अनलाइन मार्काले जनाएको छ ।
यदी बाँकी रहेका खेलहरु क्लोज डोरमा खेलाइए ३०३.४ मिलियन युरो घाटा हुनेछ । यदी दर्शकको अगाडि खेल्न पाए १५६.४ मिलियन युरो मात्र घाटा हुनेछ ।
ला लिगा र स्पानिस फुटबलर्स एसोसिएसन (एएफई)ले कति प्रतिशत ड्यामेज हुने निर्णय गर्नुपर्नेछ ।
यस्तै सिजन पूरा नभए खेलाडीले ४७ प्रतिशत घाटा बेहोर्नुपर्नेछ । जसमा ९५६.६ मिलियनमध्ये ४५१ मिलियन हुन आउँछ । यस्तै क्लोज डोरमा खेल खेलाइए खेलाडीले ४६ प्रतिशत अर्थात ३०३.४ मिलियनमा १४० मिलियन बेहोर्नुपर्नेछ ।
यदी दर्शकसहित खेल भए खेलाडीरे १५६ मिलियनमध्ये ७७ मिलियन मात्र बेहोरे पुग्नेछ ।
बल एएफईको कोर्टमा छ
ला लिगा अध्यक्ष ज्याभिएर तेबासले प्रेडिक्टेड फिगर अगाडि सारेपछि एएफईका अध्यक्ष डेभिड अगान्जोले अब खेलाडीहरुसंग छलफल गरेर यसको जवाफ दिनेछन् । अब लिगको घाटा बेहोर्ने कि के गर्ने भन्ने निर्ण अब एएफईकै हातमा रहेको जनाइएको छ ।
यस्तै क्लबले भने कोरोना भाइरसले स्पानिस पुटबलमा पारेको असरलाई रोक्न यो प्रस्तावलाई उचित रुपमा हेरेको छ ।
प्रतिक्रिया 4