Comments Add Comment

कोरोनाबारे गलत हल्ला फैलाउने नौसेनाका कमाण्डर बर्खास्त

२१ चैत, काठमाडौं । कोरोनाबारे गलत हल्ला फैलाएको आरोपमा अमेरिकी नौसेनाका एक कमाण्डरलाई उक्त जिम्मेवारीबाट बर्खास्त गरिएको छ ।

यूएसएस थियोडोर रुजबेल्ट जहाजको नेतृत्व गरेका क्याप्टेन ब्रोट क्रेजियरले कोरोनाबारे भ्रम फैलाएसँगै उनलाई बर्खास्त गरिएको हो । नाभीका सेक्रेटरी थोमस मोड्लीले उनको निष्कर्षलाई नीचको संज्ञा दिएका छन् ।

झण्डै ५ हजार  कर्मचारीकाे नेतृत्व गरेका क्रेजियरको जिम्मेवारी बिहीबारबाट खोसिएको एनबीसी न्युजले जनाएको छ । जहाजको नेतृत्व खोसिए पनि उनी सेवाबाट भने हट्ने छैनन् । उनको ओहोदा पनि यथावत् रहने बताइएको छ ।

क्रेजियरले गत साता नौसेनाको नेतृत्वलाई पत्र लेख्दै एक सय जनामा कोरोना संक्रमण देखिएको दाबी गरेका थिए । कडा शब्दमा लेखिएकाे पत्रमा जहाजमा कोरोना भाइरस फैलन लागेकाले रक्षा गर्न माग गरिएकाे थियाे । जुन पत्र सञ्चारमाध्यममार्फत् सार्वजनिक भएको थियो ।  लगत्तै नाभी नेतृत्वले उनको जिम्मेवारी खोसेको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment