
२१ चैत, रौतहट । रौतहटको परोहा नगरपालिकाले दुई हजार दुई सय परिवारलाई राहत वितरण गरेको छ ।
सरकारले घोषणा गरेको लकडाउनले नगरपालिकाभित्रका विपन्न तथा असहाय परिवारको दैनिक जीविकोपार्जनमा समस्या भएपछि राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
परोहा नगरपालिकाका मेयर शेख वकिलले प्रतिपरिवार १५ किलो चामल, दुई किलो दाल, खाने तेल, नुन तथा सोयाबिन वितरण गरिएको जानकारी दिए ।
मेयर वकिलका अनुसार, परोहा नगरपालिकाका सात हजार ७२ घरधुरीमध्ये ९ वटै वडाका दुई हजार दुई सय विपन्न परिवारलाई राहत बाँडिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4