+
+

कोरोना त्रासले संसद बैठक लगातार तेस्रोपटक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १३:०१

२१ चैत, काठमाडौं । कोरोना भाइरसको त्रासपछि प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ ।

यसअघि २३ चैतका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको थियो । कोरोनाको त्रास यथावत् रहेपछि शुक्रबार सूचना जारी गरेर ३० गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघि चैत ७ गते नै बैठक १३ गतेको लागि बोलाइएको थियो । तर, १३ गतेको लागि बोलाइएको  बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।

राष्ट्रियसभा बैठक भने अनिश्चितकालका लागि स्थगित छ ।

कोरोनाको त्रासपछि मुलुकभरका अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहेकाले बैठक स्थगित गरिएको संघीय संसदका कार्यबाहक महासचिव गोपालनाथ योगीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?