+
+

तारा एअरले हुम्लामा खाद्यान्न ढुवानी गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १५:४०

२१ चैत, काठमाडौं । चैत २१, काठमाडौं । हुम्लाको सिमीकोटमा खाद्यान्न अभाव सिर्जना भएपछि तारा एअरले विहीबार देखि खाद्य सामग्री ढुवानी गरिरहेको छ । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपछि सिमीकोटमा खाद्यान्न अभाव सिर्जना भएको हो ।

नेपाल खाद्य संस्थानले खाद्यान्न सामग्री ढुवानी गरिदिन अनुरोध गरेपछि सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिई यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले चामल, नुन लगायतका खाद्य सामग्री हिजोबाट ढुवानी गरिरहेको छ । नेपाल खाद्य संस्थानले तोकेअनुरुप खाद्य सामग्री ढुवानी गर्ने तारा एअरले जनाएको छ ।

यसअघि पनि कर्णाली क्षेत्रमा खाद्यान्न संकट न्यूनीकरण गर्न नेपाल खाद्य संस्थान र विश्व खाद्य कार्यक्रमको खाद्य सामग्री ढुवानीमा तारा एअरले सहयोग पुर्याउँदै आएको छ ।

खाद्यान्नसँगै बिरामी र निर्माण सामग्री समेत ढुवानीमा पनि सहयोग गर्दै आएको छ । सडक सञ्जाल नपुगेको क्षेत्रमा स्थानीयबासीले बढी दुःख खेप्नुपर्ने बाध्यतालाई कम गर्न तारा एयरले लुक्ला, जोमसोम, सिमिकोट, रारा, डोल्पा, जुम्ला, फाप्लु, बाजुरा लगायतका दुर्गम क्षेत्रहरुमा नियमित उडान गर्दै आएको छ र तारा एअर यी दुर्गम क्षेत्रहरुमा नियमित रुपले उडान भर्ने नेपालको एकमात्र एअरलाइन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?