Comments Add Comment

भेटेरिनरी एसोसिएसनले भन्यो – घरपालुवा जनावरसँग नडराऔं

२१ चैत, काठमाडौं । मानिसले पालेका घरपालुवा जनावरबाट कोरोना संक्रमण नफैलिने कुरामा विश्वस्त हुन नेपाल भेटेरिनरी एसोसिएसनले आग्रह गरेको छ ।

घरमा पालिएको कुकुर तथा बिरालोमा कोरोना संक्रमण भएको भन्ने समाचारले मानिसहरु त्रसित बनेको पाइएको भन्दै एसोसिएसनले शुक्रबार यस्तो अपिल गरेको हो ।

‘विश्व पशु स्वास्थ्य संगठनले गत मार्च ३० सम्म गरेको अध्यनअनुसार घर पालुवा कुकुर, बिरालोजस्ता पशुहरु कोरोना भाइरस (कोभिड -१९) फैलाएको कुनै प्रमाण भेटिएको छैन,’ एसोसिएसनका अध्यक्ष डा. शीतलकाजी श्रेष्ठद्वारा जारी अपिलमा भनिएको छ ।

बेल्जियममा बिरालोमा कोरोना भाइरस (कोभिड -१९) परीक्षणको नतिजा पोजेटिभ देखिएपछि यसको अध्ययनलाई, विश्व पशु स्वास्थ्य संगठनले व्यापक बनाएको पनि एसोसिएसनले स्पष्ट पारेको छ । तर, एक जनावरबाट अर्कोमा जनावर तथा जनावरबाट मानिसमा संक्रमण भएकोबारे कुनै वैज्ञानिक तथ्य नरहेको एसोसिएसनको दाबी छ ।

घरपालुवा जनावरले रोग फैलाउन कुनै भूमिका नखेलेको हुँदा घरमा पालिएको जनावरलाई अभद्र व्यवहार नगर्न तथा घरबाट ननिकाल्न एसोसिएसनले सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment