+
+

लकडाउनलाई प्रभावकारी बनाउन राजपाको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते २०:२८

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन तथा सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आ–आफ्नो घरमै बस्न सम्पूर्ण नागरिकसँग हार्दिक अपिल गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोभिड भाइरसको महामारी बढ्दै गएकाले लकडाउन पालना गर्न आग्रह गरेका छन् ।

अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन र औषधि खरिद प्रक्रियाबारे उब्जेका प्रश्नबारे छानबिन गर्न पनि राजपाले माग गरेको छ । अनियमितताको खबरले जनतामा नकारात्मक सन्देश गएकाले तत्काल सत्यतथ्य छानबिन गर्नुपर्ने राजपाको मत छ ।

नेपाल–भारत सीमा नाकामा नेपाली अलपत्र परेकाले स्वदेश फर्कने वातावरण बनाउन भण्डारीले विज्ञप्तिमार्फत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?