+
+
Shares

विराटनगरमा कोरोना अस्पताल स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते २०:४३

२१ चैत, विराटनगर । १ नम्बर प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि विराटनगरमा छुट्टै अस्पताल तयार गरेको छ। नेशनल ट्रेनिङ खाली रहेको भवनमा ५० शैय्याको कोरोना अस्पताल तयार गरी सञ्चालनमा ल्याएको हो ।

अस्पतालमा १० भेण्टिलेटर राखिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले जानकारी दिए ।

प्रदेश सरकारले चैत ७ गते एक साताभित्र अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो । तोकिएको समयभन्दा केही दिन ढिलो तयार भएको मुख्यमन्त्री शेरधन राईले बताए ।

मुख्यमन्त्री राईका अनुसार अस्पतालको सम्पूर्ण व्यवस्थापन कोशी अस्पताल विराटनगरले हेर्नेछ । अस्पतालको नाम पनि कोशी अस्पताल नै राखिएको छ ।

तत्काल ५० वेड राखिएको अस्पतालमा अवस्था अनुसार थप २० वटा बेड राख्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?