Comments Add Comment

नर्वेमा बेरोजगारी दरले ९० वर्षको रेकर्ड तोड्यो

२१ चैत, काठमाडौं । कोरोना भाइरसका कारण नर्वेको अर्थतन्त्रमा ऐतिहासिक नोक्सानी भएको छ । कोरोना भाइरसका कारण नर्वेमा हालसम्मकै सबैभन्दा धेरै मान्छे बेरोजगार भएको तथ्यांकले झण्डै ९ दशक लामो रेकर्ड ब्रेक गरेको हो ।

बीबीसीका अनुसार, कोरोना भाइरसका कारण पछिल्लो दुई महिनाको अवधिभित्र नर्वेमा कुल जनसंख्याको १४.७ प्रतिशत आंशिक वा पूर्ण रुपमा बेरोजगार भएका छन् ।

पछिल्लो समय २०१६ मा ४ प्रतिशतको हाराहारीमा बेरोजगारहरु हुँदा राष्ट्रिय बहसको मुद्दा बनेको नर्वेको बेरोजगारी दर कोरोनाको कारण १४ प्रतिशत नाघेको हो ।

गत फेब्रुअरीमा २.३ प्रतिशतबाट बढेर एकैपटक १०.९ प्रतिशत पुगेको थियो । अहिले बेरोजगार हुनेहरुमा पर्यटन र खुद्रा व्यवसायीहरु धेरै रहेको रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार, नर्वेमा बढेको यो बेरोजगारी दर नर्वेको इतिहासमा १९३० पछिको सबैभन्दा धेरै हो ।

नर्वेमा अहिलेसम्म कोरोना भाइरसका कारण ५७ जनाको ज्यान गएको छ भने पाँच हजार दुई सय ५६ जना यसबाट संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment