Comments Add Comment

विश्व बन्धुत्वको भाव बोकेको गीत : मेरो विश्व मेरो घर

काठमाडौं । कोरोना भाइरसको संक्रमणको महामारीबाट विश्व आक्रान्त भइरहेको बेला बन्धुत्वको भाव बोकेको गीत ‘मेरो विश्व मेरो घर’ नेपाली संगीत बजारमा आएको छ । गीतकार प्रकाश सुवेदीको परिकल्पना र शब्द रहेको गीतमा साहस शाक्यको संगीत र स्वर छ ।

विगतमा भौगोलिक रुपमा जो जहाँ भए पनि हरेक व्यक्तिहरु हाम्रा दाजुभाइ भएकाले हाम्रा गलत प्रवृत्ति हाउनुपर्ने आशय गीतको छ ।

आऊ नक्साको सिमांकित रेखा तोडेर फराकिलो बन्नुछ
हिजो गाउँ, देश र राष्ट्रियता भनियो अब मेरै विश्व भन्नुछ
मेरो विश्व मेरो घर
हटाउनु छ सब जहर
अन्धकार चिरी
बदल्नु छ प्रहर ।

सानो भाइरसले शक्तिशाली भनिने देशहरुलाई पनि संकटमा पार्दो रहेछ भन्ने अहिलेको यथार्थमा साझा संकट समाधानका एकअर्काको सारथि बन्नुपर्ने सन्देश गीतले दिएको छ ।

व्यथा उही, कथा उही, मानवता एउटै धर्म
हिन्दु, मुस्लिम जे–जे भन, सबको हुन्छ एउटै मर्म
चीन, बेलायत, अमेरिका, इटली र स्पेन रोयो
सल्किएको झिझिल्कोले आज पुरै संसार छोयो ।

बिपत्तिले सीमा नाघ्दा छेकेन खै ग्रेटवालले
न त छेक्यो सागरले नै, न त छेक्यो हिमालले
मान्छे मान्छे सबै उस्तै सिङ्गो जगत घर मानी
अभिमान, रीस त्यागौं हित परस्पर ठानी ।

एउटालाई समस्या पर्दा अर्कोलाई दुख्नुपर्छ र पारस्परिक सहयोग बिना सांसारिक समस्यालाई अन्त्य गर्न सकिँदैन भन्ने भाव बोकेको यो गीतलाई टि.एन.भट्ट विश्वामित्रले अंग्रेजीमा भाषानुवाद गरेका छन् भने लिरिकल भिडियो बनाउने काम विरेन्द्र भाट विपिनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment