Comments Add Comment

दक्षिणपूर्वी एसियामा इन्डोनेसियाको मृत्युदर सबैभन्दा धेरै

२१ चैत, काठमाडौं । दक्षिणपूर्वी एसियामा इन्डोनेसिया कोरोना भाइरस (कोभिड–१९)बाट सबैभन्दा धेरै मृत्युदर भएको मुलुक बन्न पुगेको छ ।

अलजजिराका अनुसार शुक्रबारसम्म इन्डोनेसियामा एक हजार नौ सय ८६ जनामा यो भाइरसको संक्रमण देखिएको हो। साथै एक सय ८१ जनाको मृत्यु भएको छ ।

शुक्रबारसम्मको तथ्यांक अनुसार इन्डोनेसियामा मृत्युदर ९ दशमलव १ प्रतिशत देखिएको छ । विश्वभर यो दर पाँच दशमलव २ प्रतिशत छ ।

तुलनात्मक रुपमा फिलिपिन्समा मृत्युदर चार दशमलव ५ प्रतिशत छ भने मलेसियाको मृत्युदर १ दशमलव ६ प्रतिशत छ । तर, यी दुबै मुलुकमा संक्रमितको संख्या भने तीन हजारभन्दा धेरै छ ।

इन्डोनेसियाको राजधानी सहर जकार्ता यो भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको छ । जकार्तामा ९५ स्वास्थ्यकर्मीमा पनि यो भाइरसको संक्रमण पाइएको छ ।

इन्डोनेसियामा अहिलेसम्म मृत्यु हुने मानिसको संख्या समग्र दक्षिणपूर्वी एसियामा सबैभन्दा धेरै हो ।

इन्डोनेसियामा गत जनवरी र फेब्रुअरीमा संक्रमित र मृतकको संख्या शून्य थियो । तर, पछिल्लो एक महिनामा तीब्र गतिमा संक्रमित र मृतकको संख्या बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment