Comments Add Comment

कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

२२ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमण भई आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायती संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई एक सामूहिक छलफलको निम्ता दिएका छन् ।

सबै दलका नेताहरूलाई आगामी हप्ताको बैठकमा उपस्थित हुनका लागि शनिबार पत्र काटेको जोन्सनले ट्विटरमा जानकारी दिएका छन् । आफ्नो हस्ताक्षर सहितको पत्रको एक तस्वीर पनि उनले सँगै पोस्ट गरेका छन् ।

पत्रमा सबै नेताहरूलाई प्रधानमन्त्री, मुख्य स्वास्थ्य अधिकृत र मुख्य वैज्ञानिक सल्लाहकारसमेत सहभागी हुने बैठकमा आउनू भनेर भनिएको छ । बैठकको मिति र समय भने यकिन भएको छैन ।

उनले भनेका छन्, “म तपाईंहरूका कुरा सुन्न चाहन्छु र हामीले लिएका परीक्षणको विस्तार अनि देशभरिका नागरिक तथा व्यवसायलाई गरिएको आर्थिक सहयोग लगायतका कदमबारे जानकारी दिन चाहान्छु ।”

“मेरो नेतृत्वको सरकारले सधैँ राष्ट्रिय हितमा काम गर्नेछ । यो सर्वोत्कृष्ट वैज्ञानिक प्रमाणबाट निर्देशित छ । हामी यस महामारीलाई हटाउनका लागि सबै राजनीतिक दलसँग रचनात्मक तरिकामा संलग्न हुनेछौँ,” प्रधानमन्त्री बोरिस जोन्सनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment