Comments Add Comment

बेलायतमा एकैदिन ६२१ को मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बेलायतमा एकैदिन ६ सय २१ जनाको ज्यान गएको छ । योसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ हजार ९ सय ३४ पुगेको छ ।

त्यहाँ कोरोना संक्रमितको संख्या पनि बढेको छ । प्राप्त पछिल्लो विवरणअनुसार, संक्रमितको संख्या ४७ हजार ८ सय ६ पुगेको छ ।

पछिल्लो समय बेलायतमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ । महामारी बढेसँगै बेलायतमा आवश्यक पर्ने स्वास्थ्य उपकरणको समेत अभाव हुनसक्ने चेतावनी दिइएको छ ।

यसै क्रममा बेलायत चीन तथा अन्य मुलुकबाट स्वास्थ्य सामग्री आयात गरिरहेको छ । यसैक्रममा चीनले पनि बेलायतलाई तीन सय भेन्टिलेटर सहयोग दिएको छ ।

चीनको वुहानबाट सन् २०१९ को अन्तिममा देखिएको यो भाइरसको महामारी बेलायतमा उत्कर्षमा पुग्न अझै केही समय लाग्ने विशेषज्ञहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment