Comments Add Comment

चैत महिनामै ५५ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

२३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउनका लागि कार्यतालिका बनाएको छ । राष्ट्र बैंकले १ अर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनका लागि कार्यकातालिका बनाएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत महिनामा नै साढे ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने छ । २५ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने छ भने ३० अर्बको विकास ऋणपत्र जारी गरेर चैत महिनामा नै राष्ट्र बैंकले ५५ अर्ब ४० करोड रुपैयाँ उठाउने बताएको छ ।

सोमबार राष्ट्र बैंकले १८२ दिने २० अर्बको र ५ अर्बको ३६४ दिने ट्रेजरी बिल जारी गर्ने भएको छ । आगामी २७ गते भने ३० अर्बको विकास ऋणपत्र जारी गर्ने राष्ट्र बैंकले बताएको छ ।

कुल आन्तरिक ऋणमध्ये ४६.१५ प्रतिशत ट्रेजरी बिलबाट, ५१.२८ प्रतिशत विकास ऋणपत्रबाट, २.०५ प्रतिशत नागरिक बचतपत्रमार्फत र बाँकी ०.५१ प्रतिशत वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउने राष्ट्र बैंकले कार्यतालिकामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment