
२४ चैत, विराटनगर । प्रदेश १ मा रहेका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या करिब ६०० पुगेको छ । प्रदेशका २४४ स्थानमा रहेका तीन हजार ९५४ बेडका क्वारेनटाइनमा चार महिलासहित ५९९ पुरुष रहेका छन ।
सबैभन्दा बढी मोरङको टाँडीमा नेपाली सेनाले तयार पारेको क्वारेनटाइनमा १३० जना रहेका छन् । जिल्लामा तीन महिलासहित १३ जना आइसोलेसनमा छन् ।
प्रदेशभर ५२२ महिला र दुई हजार २३१ पुरुषसहित कूल दुई हजार ७५३ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन् । प्रदेशमा कोरोना संक्रमणको आशंका गरिएका मध्ये ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आइतबारसम्म १९ महिलासहित ७३ जनाको स्वाब संकलन गरी ल्याब परीक्षण गरिएको थियो ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले प्रदेश भरी कोरोनाको आश्ाकामा स्वाब परीक्षणका लागि पठाइएका मध्ये १६ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।
पछिल्ला समय सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्यावबाट कोरोना भाइरसको आशंका गरिएका बिरामीको स्वाब परीक्षण हुँदै आएको छ । जसका कारण बिरामीको स्वाब परीक्षणमा सहजता भएको प्रवक्ता मेहताले बताए ।
प्रतिष्ठानमा दैनिक १२ जनाको स्वाब परीक्षण हुने गरेको छ ।
प्रतिक्रिया 4