Comments Add Comment

शरीर रहस्य : जब छैटौं इन्द्रिय जागृत हुन्छ

एकपटक आँखा चिम्लेर सोच्नुहोस् त, तपाईं हाम्रो शरीर कति अद्भूत छ । प्रकृतिबाट यसले अन्नपानी, हावा लिन्छ । त्यसलाई उर्जामा रुपान्तरण गर्छ । त्यसले प्राण बचाउने र कोष एवं अंगहरुको विकास मत्र गर्दैन,  बुद्धि–विवेक, चेतना, स्मृति, भावनाहरुलाई पनि जागृत अवस्थाम राख्छ ।

शरीरका हरेक अंगहरु कसरी व्यवस्थित ढंगले स्वःचालित छन् । अति सुक्ष्म कुरादेखि यो विश्व ब्रम्हान्डको रहस्य खोतल्ने चेतना पनि त्यही शरीरभित्र छ ।

सामान्यतः हाम्रो शरीरमा पाँच इन्द्रिय छन्, आँखा, नाक, कान, जिब्रो, छाला । यसबाहेक अर्को पनि इन्द्रिय हुन्छ, जसलाई छैटौं इन्द्रिय भनिन्छ । ‘सिक्स्थ सेन्स’ भनेर पनि यसलाई बुझ्ने गरिएको छ ।

पाँचा इन्द्रियले गर्ने अनुभूति त हामीलाई थाहा हुन्छ । नाकले सुध्ने, आँखाले देख्ने, जिब्रोले स्वाद थाहा पाउने, कानले सुन्ने, छालाले स्पर्श महसुष गर्ने । छैटौं इन्द्रियले चाहिँ के गर्छ त ? यसलाई कसरी अनुभूत गर्ने ?

छैटौं इन्द्रिय सुषुप्त अवस्थामा रहेका हुन्छन् । सामान्य अवस्थामा हामीले यसलाई अनुभूत गर्न सक्दैनौं । तर, विशेष विधीबाट जब यसलाई जागृत गराइन्छ, तब हाम्रो चेतनाको आयम विस्तार हुन्छ । मस्तिष्कको कार्यदक्षता अरु बढ्छ । हाम्रा ऋषिमुनीहरुले यही इन्द्रिय जागृत गरेका थिए भनिन्छ । त्यसैले उनीहरुमा अथाह शक्ति, उर्जा हुनेगथ्र्यो ।

कहाँ हुन्छ ?

हाम्रो शरीरमा कपालको ठिक तल एउटा नरम छिद्र हुन्छ, जसलाई ब्रहारंध भनिन्छ । त्यहीबाट सुषुम्ना नाडी मेरुदण्डको हड्डी हुँदै मुलाधार सम्म पुग्दछ । भनिन्छ, इडा नाडी शरीरको बायाँ भाग र पिंगला नाडी शरीरको दायाँ भागमा रहेको हुन्पंगला नाडी शरीरको दायाँ भागमा रहेको हुन्छ ।

जबकी सुषुम्ना नाडी बीचमा रहेको हुन्छ । यही नाडीलाई नै सात चक्र र छैटौं इन्द्रियको केन्द्र मानिने गरिन्छ । सामान्यतया छैटौ इन्द्रिय सुप्त अवस्थामा रहेको हुन्छ । यसलाई विभिन्न पद्धति अनुसार सक्रिय गराउन सकिन्छ ।

छैटौं इन्द्रियको प्रभाव

छैटौ इन्द्रिय जागृत भएमा व्यक्तिको मस्तिष्कको कार्यदक्षता अरु बढ्छ । आफ्नो वरिपरि भैरहेको गतिविधिलाई पूर्वाभास गर्न सक्दछ । आफु वरिपरिको नकारात्मक शक्तिलाई समेत महसुस गर्न सक्दछ ।

कसरी जागृत गर्ने छैटौ इन्द्रियलाई ?

प्राणायाम

प्राणायामद्वारा पनि छैटौ इन्द्रियलाई जागृत गर्न सकिन्छ । र छैटौ इन्द्रियलाई जागृत गर्न सबैभन्दा पहिले वायु कोशिकालाई जागृत गर्न पर्दछ । फोक्सो र  हृदयको करोडौ वायु कोशिकामा हावा नपुगेर पनि मस्तिष्कको केही भागले काम गर्न सक्दैन ।

यही कारण हो कि मस्तिष्कको १५ देखि २० प्रतिशत भागले मात्र काम गर्दछ । वायु कोशिकासम्म प्रााणवायु पुग्नाले शरीरको प्रतिरोधी क्षमता बढ्ने गर्छ । नयाँ रक्तकोषिकाको निर्माण हुन्छ । सबै नाडी कार्य गर्न थाल्छ । ससाना टिस्यु निर्माण हुन थाल्छ । जसले गर्दा अनुहारमा समेत चमक आउन थाल्छ ।

ध्यान

दुवै आँखी भौको बीच भागको भागमा केन्द्रित रहेर नियमित ध्यान गर्नाले आज्ञाचक्र जागृत हुन थाल्दछ । र, छैटौ इन्द्रिय जागृत हुन थाल्दछ ।

त्राटक

त्राटक क्रियाबाट पनि छैटौ इन्द्रियलाई जागृत गर्न सकिन्छ । त्राटक क्रियामा व्यक्ति आँखा नझिम्काई लामो समयसम्म एक टक भएर बस्न सक्दछ । केही समय एक टक भएर बस्नाले पनि मानिसको एकाग्रता बढ्दछ र छैटौ इन्द्रिय जागृत हुन थाल्दछ । यसको लागि केही समय अभ्यास गर्न जरुरी छ ।

मौनता

मौनताले मनको क्षमतामा वृद्धि गर्छ । जसले गर्दा काल्पनिक शक्ति र आभार गर्ने क्षमतामा वृद्धि हुने गर्छ । यसकै माध्यमद्धारा मानिसले पूर्वाभास गर्नुका साथै भविष्यमा हुनसक्ने घटनाबारे पहिले नै थाहा पाउन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment