Comments Add Comment

फ्रान्समा कोरोनाबाट एकैदिन ८ सय ३३ जनाको मृत्यु

काठमाडौं । फ्रान्समा कोरोना भाइरस संक्रमणबाट एकै दिन आठ सय ३३ जनाको मृत्यु भएको छ । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले पछिल्लो २४ घण्टामा मृतकको संख्या करिब १० प्रतिशतले बढेको सार्वजनिक गरेका छन् ।

यससँगै फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार नौ सय ११ पुगेको छ । यो कोरोनाबाट अति प्रभावित बनेका इटली र स्पेनपछिको सबैभन्दा ठूलो मृत्यु हो । विश्वव्यापी संक्रमणका हिसाबले भने फ्रान्स पाँचौं स्थानमा छ ।

अल जजिराका अनुसार, सोमबार एकैदिन पाँच हजारभन्दा धेरै संक्रमित फेला परेको त्यहाँका सरकारी निकायले सार्वजनिक गरेका छन् । थप पाँच हजारमा कोरोना लक्षण भेटिएपछि यसबाट संक्रमित हुनेको संख्या ९८ हजार नाघेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी अहिले युरोप तथा अमेरिकाभर फैलिएको छ । फ्रान्स युरोपमा यो भाइरसबाट प्रभावित हुने चौथो सबैभन्दा ठूलो मुलुक हो।

यो भाइरसबाट प्रभावित हुने युरोपेली मुलुकमा स्पेन, इटाली र जर्मनी अगाडि छन् । मृतक संख्यामा भने फ्रान्समा जर्मनीभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment