+
+
Shares

दीपकराजको गुनासो–‘हामीलाई एक्लै हिरो हुने बानी छ’

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते १२:२३

भारतका चर्चित कलाकारहरुले तयार पारेको एक भिडियो अहिले चर्चामा छ । अमिताभ बच्चनदेखि रणवीर कपुरसम्म र साउथका सुपरस्टार रजनीकान्तदेखि चिरञ्जीवीसम्मको अभिनय रहेको यो भिडियोको बिषयलाई निकै रुचाइएको छ ।

कलाकारहरुले हामीहरु सबै एक हौ भन्ने सन्देश मात्र दिएका छैनन्, भारतका विभिन्न भाषामा बन्ने चलचित्रमा काम गर्ने प्राविधिकहरुलाई एकसाथ मिलेर सहयोग गर्ने समेत बताएका छन् ।

यो भिडियो हेरिसकेपछि कलाकार दीपकराज गिरीले हामीलाई एक्लै हिरो बन्ने बानी भएको बताउँदै भारतीय कलाकारबाट धेरै कुरा सिक्न बाँकी रहेको उल्लेख गरेका छन् ।

दीपक लेख्छन्–‘भारतमा सबै कलाकारहले दैनिक ज्यालादारी कामदारलाई पैसा उठाएर मद्दत गर्दैछन् । हामीले पनि त्यही गर्दैछौ । तर, हामीले गर्दा चन्दा किन उठाएको, श्रमिकको अपमान भयो, यसले यति दियो, उस्ले यति दियो भनेर नकारात्मक फैलायौँ ।’

दीपकले बलिउड कलाकारले भिडियोबाट सबै एक परिवार हौं भनेर मिठो तरिकाले सन्देश दिन खोजेको भन्दै नेपाली चलचित्रकर्मीलाई भने एक्लै हिरो हुने बानी परेको गुनासो गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?