Comments Add Comment

अनमोलदेखि सलिनसम्म: जसको फिल्म यो वर्ष रिलिज भएनन्

नेपालीहरुले यो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत घर भित्रै बसेर गर्नुपर्नेछ । किनकी, सरकारले बैशाख ३ गतेसम्मलाई लकडाउन घोषणा गरिसकेकाले नयाँ वर्षको कुनै कार्यक्रम हुने छैनन् ।

नेपाली चलचित्र क्षेत्रमा त फागुनको १६ गतेदेखि नै नयाँ चलचित्रको रिलिज भएको छैन। बैशाख १८ गतेसम्म त हलहरु सबै बन्द नै छन् । यसैले पनि नेपाली चलचित्रको लागि सुनौलो घाम कहिलेबाट लाग्छ टुंगो छैन् ।

दर्शकले यो वर्ष थोरै मात्र चलचित्रलाई रुचाए । तर, केही यस्ता कलाकारको चलचित्र यो वर्ष रिलिज भएनन्, जसले बक्स अफिसमा दर्शक तान्न सक्थे ।

यो वर्ष नायक अनमोल केसीको कुनै पनि चलचित्र रिलिज भएन । गत वर्षको अन्तिम साता रिलिज भएको चलचित्र ‘ए मेरो हजुर-३’  लाई दर्शकले रुचाए । तर, अनमोल यो वर्षभर दर्शकमाझ आएनन् ।

उनले साइन गरेको चलचित्र ‘धुपौरे’ यो वर्ष नै रिलिज गर्ने योजना निर्माताको  थियो । तर, अन्तिममा यो चलचित्र नै निर्माण नहुने अवस्थामा पुग्यो । अनमोल अब करिब डेढ वर्षको अन्तरालमा चलचित्र ‘ए मेरो हजुर-४’ लिएर दर्शकमाझ आउने तयारीमा छन् ।

नायक सलिनमान बनियाँको पनि कुनै चलचित्र यो वर्ष रिलिज भएन । उनी पनि गत वर्षको अन्तिम साता चलचित्र यात्रामा काम गरेपछि एक वर्ष पूरै खाली बसे । उनले त नयाँ चलचित्र पनि कुनै साइन गरेनन् ।

नायक प्रदीप खड्काको पनि यो वर्ष कुनै चलचित्र रिलिज भएन । गत वर्षको चैत्रको तेश्रो साता रिलिज भएको चलचित्र ‘लभ स्टेसन’पछि उनी गुपचुप नै छन् ।

उनी अभिनित चलचित्र ‘प्रेम गीत-३’ चैत्र २८ गते रिलिज गर्ने तयारी निर्माताको थियो । तर, कोरोना संक्रमणपछि यो चलचित्रको रिलिज मिति पछि धकेलियो ।

आउँदो वर्ष यी तीनै सफल नायकहरुको चलचित्र दर्शकमाझ आउने अपेक्षा गर्न सकिन्छ । तर, अनमोल, प्रदीप र सलिमानको चलचित्र रिलिज नहुँदा नेपाली बक्स अफिसलाई केही घाटा भने लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment