Comments Add Comment

कोरोना उपचार केन्द्रलाई गैससको सहयोग

२५ चैत,विराटनग । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रलाई प्रदेश नं. १ मा कार्यरत गैरसरकारी संस्थाहरुले १३ लाख बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

प्रदेश १ सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि निर्माण गरेको अस्पतालमा मंगलबार राष्ट्रिय तथा अनतर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले १३ लाख ३० हजार ७ सय १५ बराबरको सामग्री उपलब्ध गराएका छन् ।

गैरसरकारी संस्थाहरुको प्रतिनिधित्व गर्ने सेभ द चिल्ड्रेन प्रदेश नं. १ का बरिष्ठ परियोजना प्रबन्धक हरिवोल बजगाईले स्वास्थ्य सामग्रीहरु सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरे ।

मन्त्री घिमिरेलाई ७ लाख ७६ हजार १७३ बराबरको ३० थान वेड, ४ लाख ६४ हजार ५४२ बरारको व्यक्तिगत सुरक्षा उपकरण, ६० हजार बराबरको कार्डिक मोनिटर, ३० हजार बरारको पल्स अक्सिमिटर हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै सामाजिक विकासमन्त्री घिमिरेले विपद्को सामाना गर्न सबैको साथ र सहयोग आवस्यक रहेको बताउनुभयो । सबैको सहकार्यमा मात्र कोरोनाविरुद्ध लड्न सकिने मन्त्री घिमिरले बताए । विपद्को समयमा प्रदेश १ मा क्रियाशील गैरसरकारी संस्थाहरुले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

प्रदेश नं. १ मा कार्यरत लुथरन विश्व फेडेरेसन, आइपास, करुणा फाउन्डेसन, सेभ द चिल्ड्रेन, आड्रा, वन हार्ड वल्डवाईड, एनएसआई, प्लान इन्टरनेशनल, पीएसआईले कोभिड-१९ उपचार केन्द्रका लागि ४५ लाख ३० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने योजना रहेको सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना प्रबन्धक बजगाइले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment