Comments Add Comment

कोरोनाको त्रासकैबीच ताजिकिस्तानको फुटबल लिग सुरु

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस महामारीको त्रास छ । ठूला खेलकुद इभेन्टहरु समेत स्थगित छन् । ओलम्पिक र युरोकप जस्ता खेल मेला अर्को वर्षलाई सारिएको छ ।

तर केही त्यस्ता देश छन् जसमा फुटबल लिग चलिरहेको छ । यसअघि नै मार्चमा युरोपियन देश बेलारुसको फुटबल लिग सुरु भएपछि त्यसले विश्वभर चर्चा पाएको थियो । त्यसअघि नै तुर्कमिनेस्तानको फुटबल लिग मार्च पहिलो साताबाट नै सुरु भइसकेको थियो । तर मार्च २३ मा तुर्कमिनेस्तानको लिग स्थगित गरिएको छ ।

यस्तै अहिले पछिल्लो समय ताजिकिस्तानको फुटबल लिग पनि शुरु भएको छ । दुई दिनअघि अर्थात अप्रिल ५ देखि ताजिकिस्तानको लिग शुरु भएको हो । ताजिकिस्तान फुटबल फेडेरेसनले मार्च २७ मै कोरोना महामारीका कारण पहिलो चरणको खेलहरु क्लोज डोरमा खेलाउने घोषणा गरेको थियो ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार ताजिकिस्तानमा कोरोनाको अहिलेसम्म कुने संक्रमित भेटिएको छैन ।

‘ताजिकिस्तान हाइएर लिग’ नामबाट सञ्चालन हुने यो लिगको २९औं संस्करण हो । लिगमा यस सिजन १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा आइतवार तीन खेल सम्पन्न भए । अब २ खेल बुधबार हुँदैछ ।

त्यसअघि शनिबार ताजिक सुपर लिगको खेल भएको थियो । जसमा ताजिक लिग र ताजिक कपको विजेता एफसी इस्टिकलोलले खुजान्दलाई २-१ ले पराजित गर्दै उपाधि जित्यो ।

इस्टिकलोले सुपर कपको उपाधि जितेको यो नवौं पटक हो । ताजिक लिग र ताजिक कपको विजेता बीच सुपर कप हुने भए पनि दुवै उपाधि इस्टिकलोले जितेकोले ताजिक लिगको उपविजेता खुजान्दले सुपर लिग खेल्ने अवसर पाएको हो ।

राजधानी दुसानवेमा रहेको इस्टिकलोलले सर्वाधिक ८ पटक ताजिक लिगको उपाधि जितेको छ । यस्तै, रेगर ताडाजले ७ पटक लिग जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment