Comments Add Comment

मिलको पट्टामा बेरिएर कैलालीमा एक जनाको मृत्यु

२६ चैत, कैलाली । कैलालीमा मिलको पट्टामा बेरिएर एक किशोरीको ज्यान गएको छ । जिल्लाको जानकी गाउँपालिकास्थित कालुराम कठरीयाको मिलमा धान कुटाउन गएकी १५ वर्षीया निराशा चौधरीको पट्टामा बेरिएर ज्यान गएको हो ।

पट्टामा बेरिएर गम्भीर घाइते चौधरीको उपचार गर्न लैजानेक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

मंगलबार बिहान पट्टामा बेरिएर घाइते भएकी चौधरीलाई उपचारका लागि टीकापुर अस्पतालमा लगिएको थियो । टीकापुर अस्पतालले नेपालगञ्ज लैजान सुझाव दिएको र नेपालगञ्जबाट काठमाडौँ लैजाने क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment