+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धनगढीमा आरटीपीसीआर मेसिन जडान सुरु, परीक्षण भोलिबाट

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते १५:२६
काठमाडौंबाट धनगढी ल्याइएको कोरोना परीक्षण गर्ने अत्याधुनिक आरटीपीसीआर मेसिन ।

२६ चैत, कैलाली । कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि धनगढीमा अत्याधुनिक उपकरण जडान थालिएको छ ।

नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याइएको आरटीपीसीआर मेसिन धनगढी ल्याइएकाे हाे । अहिले याे मेसिन जडान कार्य भइरहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार बिहान आरटीपीसीआर मेसिनसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण धनगढी पुगेको थियो ।

उक्त उपकरणबाट दैनिक दुई सय ५० भन्दा बढीको परीक्षण गर्न सकिने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौ‌ंमा रहेको आरटीपीसीआर मेसिन धनगढी ल्याइएको छ । मेसिन धनगढीस्थित भेटेरिनरी प्रयोगशालामा जडान गरिएको हो ।

आजबाट थालिएको मेसिन जडान भोलि साँझसम्ममा सकिने छ । त्यसलगत्तै बिहीबार साँझबाट परीक्षण सुरु हुने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?