
२७ चैत, काठमाडौं । कोरोना भाइरसका कारण विश्व लकडाउनमा छ । भारत पनि लामो समयदेखि लक डाउनमा छ । जसकाकारण, दैनिक काम गरेर जीवनयापन गर्ने मानिसहरु समस्यामा परेका छन् ।
उनीहरुको भोकै नरहुन् भनेर बलिउडका कलाकारले यसमा हात अगाडि बढाएका छन् । नायक साहरुख खानले दैनिक ५५ सय परिवारलाई दैनिक रुपमा खानाको व्यवस्था गरिरहेका छन् ।
अब, नायक ऋतिक रोशन पनि यो काममा अगाडि आएका छन् । अक्षय पात्र नामक एक एनजीओसँग मिलेर ऋतिकले यो काम गरेका हुन् ।
हरेक दिन एक लाख २० हजार पौष्टिक खाना खुवाउने कार्यमा ऋतिकले एनजीओसँग सहयकार्य गरेका हुन् । यो एनजीओले दैनिक रुपमा वृद्धाश्रम, मजदुर र भारतमा निम्न आम्दानी भएकाहरुलाई दैनिक रुपमा पौष्टिक खानाको व्यवस्था गर्नेछ ।
ऋतिकले भारतमा कोही पनि हरेक दिन भोकै सुत्न नपरोस् भनेर आफूले एनजीओसँग सहकार्य गरेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4