Comments Add Comment

कोरोनाका कारण इटालियन ओलम्पिक धावकको मृत्यु

२७ चैत काठमाडौं । दुई पटक ओलम्पिक दौडमा प्रतिस्पर्धा गरेका इटलीका धावक डोनाटो साबियाको कोरोना भाइरस कोभिड १९ को कारण मृत्यु भएको छ ।

इटालियन ओलम्पिक कमिटी (सिओएनआई) ले ५६ वर्षीय साबियाको मृत्यु भएको पुष्टि गरेको छ । सिएएनआईले जारी गरेको स्टेटमेन्ट अनुसार साबियाले दुई पटक ओलम्पिकमा ८०० मिटर दौडेका थिए ।

केही दिन देखि साबिया इटलीको दक्षिण क्षेत्रको पोटेनजास्थित सान कार्लो हस्पिटल आईसियूमा उपचाररत थिए ।

उनले सन् १९९४ मा लस एन्जलमा भएको ओलम्पिकमा ८०० मिटर दौडमा पाँचौ स्थान हात पारेका थिए । यस्तै चार वर्षपछि सिउल ओलम्पिका त्यही विधामा सातौँ भएका थिए । साबियाले सन् १९८४ मा भएको युरोपियन इन्डोर च्याम्पियनसिपमा ८०० मिटर स्पर्धामै गोल्ड मेडल जितेका थिए ।

सिओएनआईका अनुसार कोरोना भाइरका कारण मृत्यु हुने साबिया पहिलो ओलम्पियन हुन् ।

यस्तै इटालियन एथ्लेटिक्स फेडेरेसन (फिडाल)ले साबियालाई विशेष प्रतिभा भएको खेलाडीको रुपमा व्याख्या गर्दै त्यसभन्दा माथी उनी भलाद्मी व्यक्ति रहेको जनाउको छ ।

फिडालले साबियाको बुबाको पनि केही दिनअघि कोरोनाके कारण मृत्यु भएको जनाएको छ । ‘यो दुm भित्रको दुस्ख हो ।’ फिडालका अध्यक्ष अल्फिओ जिओमीले स्टेटमेन्टमा भनेका छन् । ‘डोनाटो साबिया त्यस्ता व्यक्ति हुन् जसलाई तपाई माया नगरी बस्न सक्नुहुन्थेन ।

कोरोनाको कारण अहिले विश्वमा दनिक हजारौँ मानिसको मृत्यु भइरहेको छ । त्यसमा पुराना खेलाडीहरु समेत छन् । ओलम्पियन साबिया बाहेक अन्य केही खेलाडीको पनि कोरोनाको कारण मृत्यु भएको छ । यसअघि पाकिस्तानी स्क्वास लेजेण्ड अजाम खानको बेलायतमा मृत्यु भएको थियो । यस्तै आइस हक्कीका लेजेण्ड स्वीटजरल्याण्डका रोजर चापोटको पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment