Comments Add Comment

तिलोत्तमा क्वारेन्टाइनका १० जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट

सबैको रिपोर्ट नेगेटिभ

२७ चैत, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित क्वारेन्टाइनमा बसेका दश जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट किट (आरडीटी) बाट कोरोना भाइरसको परीक्षण गरिएको छ ।

आरडिटी विधिमार्फत् नेपालमा पहिलोपटक गरिएको टेस्टमा दश जनाकै कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य शाखाका सिनियर अहेव ईश्वरी पौडेलले जानकारी दिए ।

भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसाइँ पूरा गरेकाहरुको कोरोना परीक्षण गरिएको हो। सरकारले क्वारेन्टाइनमा बसेकाको आरडीटी विधिमार्फत् कोरोना परीक्षण गर्ने नीतिअनुसार पहिलो चरणमा बिहीबार १० जनाको परीक्षण गरिएको हो ।

भारतबाट फर्किएकामा संक्रमण देखिएपछि हालै बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई व्यापकता दिने निर्णय गरेको थियो ।

तिलोत्तमा नगरपालिकाले सामाजिक विकास मन्त्रालयबाट किट ल्याएर परीक्षण गरेको हो ।

आरडिटी कोरोना परीक्षणको नतिजा नेगेटिभ आएकाहरुलाई प्रक्रिया पुर्‍याएर क्वारेन्टाइनबाट बिदा गरिने सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए । आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएमा स्वाब परीक्षण गर्ने व्यवस्था रहेको उनले बताए ।

कालोबजारी रोक्न अनुगमन

यसैबीच लकडाउनका बेला खुलेका अत्यावश्यक सामानका पसलमा कालोबजारी हुनसक्ने भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनुगमन थालेको छ ।

लकडाउनको समयमा कतिपय व्यापारीले अत्यावश्यक वस्तुमा कालोबजारी गरेको भन्ने जनगुनासो आएपछि बजार अनुगमन गरिएको र व्यापारीलाई मूल्यसूची राख्न भनिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment