+
+
Shares

टीटीआईले दियो १५० परिवारलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते १६:४१

२८ चैत, काठमाडौं । टीटीआई इलेक्ट्रोनिक्स नेपाल प्रालिले एक सय ५० घरपरिवारका लागि राहत वितरण गरेको छ ।

लकडाउनका बेला प्रभावित परिवारलाई लक्षित गरेर काठमाडौं महानगरपालिका ४ नम्बर वडा कार्यालयमार्फत राहत वितरण गरिएको टीटीआई नेपालका महाप्रबन्धक नवीन पाण्डेले जानकारी दिए ।

चामल, दाल, तेल, तरकारी, चिउरा, साबुन वितरण गरिएको वडाध्यक्ष मोहन विष्टले जानकारी दिए । उनका अनुसार वडा कार्यालयमार्फत अहिलेसम्म एक हजार ३९१ घरपरिवारलाई राहत उपलब्ध गराइएको छ ।

थप केही परिवारलाई राहतको खाँचो देखिएको वडाध्यक्ष विष्ट बताउँछन् । ‘राहत दिनुपर्ने परिवार संख्या धेरै भएकाले यस्तै सहयोगी हातहरूको खाँचो छ’ विष्ट भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?