+
+
Shares

कोराना भाइरसले आधा अर्ब जनसंख्यालाई गरिबीमा धकेल्ने प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते १८:११

२८ चैत, काठमाडौं । कोरोना भाइरसको प्रकोपले संसारभरको गरिबी ह्वात्तै बढ्न सक्ने एक अध्ययनले देखाएको छ । कोरोनापछिको आर्थिक संकट अहिलेको स्वास्थ्य संकटभन्दा पनि ठूलो हुने अध्ययनको निष्कर्ष छ ।

अष्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) र किङ्स कलेज लन्डनले गरेको अनुसन्धानमा आधारित भएर अक्स्फामले गरेको विश्लेषणमा यस्तो निष्कर्ष निकालिएको हो। कोरोनाले विश्वभरमा ५० करोड गरिब थपिने उक्त संस्थाले प्रक्षेपण गरेको छ।

‘गरिबीको दर ३० वर्षपछि पहिलोपटक ह्वात्तै बढ्ने अवस्था आएको छ,’ अक्सफामले भनेको छ, ‘४० देखि ६० करोडसम्म जनसंख्या गरिबीको रेखामुनि पुग्न सक्छ ।’

विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र जी २० का अर्थमन्त्रीहरुको आगामी साता हुने महत्वपूर्ण बैठक अगाडि यस्तो अनुमान सार्वजनिक भएको हो ।

रिपोर्टका अनुसार सन् २०३० सम्ममा संसारभरीको गरिबी अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई कोरोना भाइरसको प्रभावले गम्भीर चुनौती खडा गरेको छ ।

‘हाम्रो अनुसन्धानले विकासशील राष्ट्रहरुमा चाँडोभन्दा चाँडो सामाजिक दुरीको नाटकीय फैलावट आवश्यक देखाएको छ र उनीहरुलाई अन्तर्राष्ट्रिय समुदायले सहायता गर्नुपर्छ,’ किङ्स कलेज लन्डनका प्रोफेसर एन्डी सम्नरले भने ।

महामारी अन्त्य हुँदासम्म विश्वको सात अर्ब ८० करोड जनसंख्यामध्ये आधाभन्दा बढी गरिबीको रेखामुनि धकेलिने अध्ययनको निष्कर्ष छ । ४० प्रतिशत नयाँ गरिबहरु पूर्वी एसिया प्यासिफिकमै हुन सक्छन् भने एक तिहाइ दक्षिण एसियामा र सब–सहारा अफ्रिकामा हुन सक्छन् ।

अक्सफाम जिबीका कार्यकारी प्रमुख डेन्नी श्रीकान्दराजा भन्छन्, ‘विपन्न राष्ट्रहरुमा रहेका अर्बौं कामदारहरु जो पहिल्यैदेखि दयनीय अवस्थामा छन्। उनीहरुलाई संरक्षण गर्न ती राष्ट्रहरुसँग कुनै कार्यक्रम छैन ।’

सबैभन्दा जोखिममा रहेका जनतालाई उद्दारका लागि संयुक्त आर्थिक प्याकेज अघि सार्न आगामी साता हुन लागेको विश्व बैंक र जी २० बैठक महत्वपूर्ण हुने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?