+
+
Shares

कोरोना उपचार कोषमा कैदी बन्दीद्वारा ७५ हजार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते १९:०३

२८ चैत, वीरगञ्ज । वीरगञ्ज कारागारका कैदीबन्दीहरुले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेका छन् । कारागार कार्यालय वीरगञ्जका कैदीबन्दीले ७५ हजार आठ सय ४० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

कैदीबन्दीले सहयोग गरेको रकम शुक्रबार जेलर श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरिएको छ । कारागारमा १२ सय ८६ जना कैदीबन्दी छन् । उनीहरु मध्ये १२ सय ६४ जनाले स्वेच्छिक रुपमा एक दिनको खर्च (६० रुपैयाँ) राहत कोषका लागि सहयोग गरेको कारागार प्रमुख पोखरेलले बताए ।

वीरगञ्ज कारागारबाट यसअघि पनि सरकारवादी फौजदारी कसुरमा एक वर्षभन्दा कम सजाय पाएका दुई महिला सहित ३३ जना कैदीबन्दी रिहा भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?