Comments Add Comment

‘सुपर-३०’ चीनमा रिलिज हुने

बलिउड अभिनेता ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ निकै सफल बन्यो । २०१९ मा रिलिज भएको यस चलचित्रलाई दर्शक तथा समीक्षक दुबैले रुचाए । चलचित्रले भारतबाट मात्रै एक सय ४६ करोड ९४ लाख कमाएको थियो।

अब यस चलचित्र चीनमा रिलिज हुने पक्का भएको छ । कोरोनाको त्रास साम्य भएपछि चलचित्र चीनमा रिलिज हुने बताइएको छ । चीन प्रदर्शनको लागि चलचित्रको सेन्सर भइसकेको निर्माण पक्षले बताएको छ।

कोरोनाको संक्रमणका कारण बन्द भएका चीनका हलहरूमा अहिले सामान्य चहलपहल सुरु भएको छ । केही हलहरू खुलिसकेका छन् भने केही हलहरू खुल्ने तयारीमा छन् । तर, अहिले नै चलचित्रले हलबाट राम्रो कमाइ गर्नसक्ने अवस्था भने छैन ।

बलिउड चलचित्रको लागि चीन एकदमै राम्रो व्यापारिक स्थान बनिरहेको छ । बलिउड चलचित्रले चीनबाट राम्रो पैसा उठाइरहेका छन् । यसअघि बलिउड चलचित्र ‘अन्धाधुन’ले चीनबाट राम्रो पैसा कमाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment