+
+
Shares

अमेरिकामा संक्रमितको संख्या पाँच लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते ११:५९

२९ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा समग्र संक्रमितको संख्या पाँच लाख एक हजार चार सय १९ पुगेको छ। साथै यसबाट समग्र मृत्यु हुने मानिसको संख्या पनि १८ हजार सात सय ६९ पुगेको छ ।

शुक्रबार मात्र अमेरिकामा ३५ हजार पाँच सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका थिए भने दुई हजार ७४ जना मानिसको भाइरसको कारण मृत्यु भएको थियो ।

कोरोना भाइरसबाट एकैदिनमा मृत्यु हुनेको यो संख्या अमेरिकामा अहिलेसम्मकै उच्च हो । अहिलेसम्म अमेरिकामा २९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?