Comments Add Comment
कोरोना भाइरसको कहर :

हामीले के गर्‍यौँ, कहाँ चुक्यौँ ?

मानिसले अहिलेसम्म आर्जन गरेका ज्ञान, सीप, पुँजी र भौतिक उपलब्धिलाई कोरोना भाइरसले कडा चुनौती दिइरहेको छ। असर यति बलशाली छ कि यसले विश्वलाई नै ठप्प प्रायः पारेको छ ।

विश्वका सात अर्बभन्दा धेरै मानिसमा त्रास सिर्जना गर्ने कोरोना भाइरसको बाछिटा नेपालमा पनि परेको छ । पर्याप्त तयारी नगरेकाले कोरोना भाइरस नेपालमा छिरेको हो वा प्रयास गर्दागर्दै पनि परिस्थितिले ढोका वा जस्केलाबाट प्रवेश गराएको, त्यसमा जति पनि तर्क/वितर्क गर्न सकिन्छ ।

तर, विश्वका शक्ति राष्ट्रहरुमा दैनिक कैयौंको ज्यान लिइरहेको कोरोना भाइरसले नेपालमा अहिलेसम्म मानवीय क्षति पुर्‍याउन नसक्नु चाहिँ महत्वपूर्ण पक्ष हो ।

के त्यसो भए नेपाल र नेपालीको तयारी पर्याप्त थियो त ? अहँ थिएन । त्यसो त सावधानीका लागि कामै नभएका पनि होइनन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रप्रमुख, तीन तहका सरकार, कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समिति, चिकित्सक तथा स्वास्थ्यकर्मी, मिडिया, सुरक्षाकर्मी, राजनीतिक दल लगायतको सक्रियतादेखि घरमा बसेर लकडाउनको पालना गर्ने जनतासम्मको भूमिका उल्लेख्य छ ।

कमजोरी भएका छैनन् त ? त्यो पनि होइन । महाविपत्तिका बेला कत्ति पनि ढिला गर्न नहुने स्वास्थ्य सामग्री खरिद प्रकृया भ्रष्टाचार र विवादले गर्दा बीचमै रद्द गर्नुपर्‍यो । लकडाउनका बेला ग्यास र चामलको बोरा बोकेर हिँडेको आरोपमा सुरक्षाकर्मीबाट जनता रामधुलाई हुनुपर्‍यो। आफ्नो देशमा सहज प्रवेश गर्न नपाएपछि पौडी खेलेर महाकाली नदी तर्नुपर्ने परिस्थिति पनि देखिएकै हो ।

कोरोना नियन्त्रण तथा रोकथामसम्बन्धी कामहरू हुँदै गर्दा त्यसका सकारात्मक र नकारात्मक दुवै पक्ष नभएका होइनन् । त्यसमा कसको मात्रा कति छ, त्यसको निर्क्यौल हुँदै गर्ला। तर, यहाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि के गर्‍यौ‌ँ र कहाँ चुक्यौँ भन्ने कुरालाई बुँदागत रुपमा उल्लेख गरिएको छ ।

अझै पनि गम्भीर गल्ती गरे हामी कोरोना भाइरसको उच्च जोखिममै छौँ । विशेष सावधानी अपनाउँदा कोराना युद्धमा विजयी हाँसिल गर्न सक्ने तहमा छौँ । कोरोना नियन्त्रण तथा रोकथामका लागि भएका सकारात्मक पक्षलाई बढाउँदै र विगतमा भएका कमजोरीबाट पाठ लिन सहयोग पुगोस् भन्ने उद्देश्यले यी बुँदा तयार पारिएको हो ।

सबैखालका गतिविधिलाई नियाल्दै मिडियामा आएका सामग्रीहरुलाई आधार बनाएर तयार पारिएका बुँदाले सबै ठाउँ, संस्था, व्यक्तिको प्रतिनिधित्व र प्रवृत्तिलाई भने देखाउँदैन । कतिपय प्रवृति र कार्यका आधारमा कुनै विषय दुवैतर्फ समावेश गरिएको छ ।

प्रस्तुत लेखमा विभिन्न ११ वटा विषय र क्षेत्रहरूमा भएका सकारात्मक काम र कमजोरीहरू बुँदागत रूपमा प्रस्तुत गरिएको छ । अन्य कतिपय विषय र क्षेत्रमा भएका कामबारे पनि बुँदागत रूपमा चर्चा गरिएको छ ।

१. विषयगत क्षेत्र –  क्वारेन्टाइन/आइसोलेसन

सकारात्मक पक्ष

  • चीनबाट ल्याइएका विद्यार्थीलाई क्वारेन्टाइनमा राख्नु ।
  • बिरामीका परिवारलाई सेल्फ क्वारेन्टाइनमा राख्नु ।
  • ठाउँ ठाउँमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार पार्नु ।
  • आइसोलेसन वार्ड र क्वारेन्टाइन बनाउन स्कुल, होटल उपलब्ध हुनु ।
  • सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्नु ।
  • शंकास्पद व्यक्तिलाई क्वारेन्टाइन वा कोरोना अस्पताल पठाउने व्यवस्था मिलाउनु ।
  • विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने वातावरण तयार पार्नु ।
  • क्वारेन्टाइनको मापदण्ड तयार हुनु ।
  • नेपाल र भारतबीच सीमा क्षेत्रमा क्वारेनटाइन बनाउने सहमति हुनु ।
  • दिल्लीको धार्मिक सभामा सहभागीको खोजी र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनु ।
  • संक्रमितलाई नियन्त्रणमा लिने प्रहरी क्वारेन्टाइनमा बस्नु ।
  • क्वारेन्टाइनबाट निस्केकालाई सात दिन होम क्वारेन्टाइनमा बस्न अनिवार्य गर्नु ।

कमजोरी

  • क्वारेन्टाइनमा पर्याप्त सुविधा नहुनु ।
  • क्वारेन्टाइनबाट जनता भाग्नु ।
  • ठाउँ-ठाउँमा क्वारेन्टाइनमा बस्न बाध्य पार्न नसक्नु ।
  • विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न नसक्नु ।
  • क्वारेनटाइनमा बस्न नमान्नु ।

२. विषयगत क्षेत्र – संक्रमित/उपचार/परीक्षण

सकारात्मक पक्ष

  • कोरोनबाट संक्रमित व्यक्ति स्वयं सचेत हुनु ।
  • कोरोनाबाट संक्रमित बिरामीको पहिचान गरी उपचार गर्नु ।
  • कोरोना भाइरस परीक्षणको दायरा बढाउनु ।
  • स्वाब परीक्षणको व्यवस्था हुनु ।
  • संक्रमित व्यक्तिसँग जहाजमा आएकाले परीक्षणको व्यवस्था मिलाउन आग्रह गर्नु ।
  • संक्रमित व्यक्तिको परिवारको पनि परीक्षण गर्नु ।
  • कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट सुरु गर्नु ।
  • कोरोना भाइरस परीक्षणको मात्रा बढाउन माग गर्नु ।
  • क्वारेनटनमा बसेकाहरुको स्वास्थ्य परीक्षणपछि घर जान पाउने व्यवस्था मिलाउनु ।
  • विदेशबाट आउनेहरुको अभिलेख संकलन गरी खोजी गर्नु ।

कमजोरी

  • कोरोनाको पहिलो बिरामी फेला परेको बेलैमा थाहा नहुनु ।
  • पहिलो बिरामीको कन्ट्याक्ट ट्रेसिङ नगरिनु ।
  • कोरोना अस्पतलामा भर्ना भएका बिरामीको समयमा परीक्षण हुन नसक्नु ।
  • बिरामीको उपचारमा वेवास्ता गर्नु ।
  • संक्रमितसँग आएकाहरुको पहिचान र परीक्षणमा ढिलाइ हुनु ।
  • कन्ट्याक्ट ट्रेसिङमा ढिलाइ हुनु ।
  • विदेशबाट आउनेहरु सबैको परीक्षण गर्ने व्यवस्था नहुनु ।
  • संक्रमित हुन सक्ने आशंका गरिएका ठाउँका सबैको छिटोभन्दा छिटो परीक्षण गर्ने सामर्थ्य नहुनु ।

३. विषयगत क्षेत्र – स्वास्थ्यकर्मी/चिकित्सक

सकारात्मक पक्ष

  • केन्द्र, प्रदेश र विभिन्न जिल्लामा कोरोना भाइरस परीक्षण गर्ने उपकरणको व्यवस्था हुनु ।
  • स्थानीय तहबाट मास्क, स्यानिटाइजर र पीपीइ बनाउन थाल्नु ।
  • चीनबाट स्वास्थ्य सामग्री प्राप्त गर्नु ।
  • निजी क्षेत्रले स्वास्थ्य सामग्री नेपाल ल्याउनु ।
  • विभिन्न क्षेत्रबाट सरकार र अस्पतालाई स्वास्थ्य सामग्री सहयोग हुनु ।

कमजोरी

  • कोरोना भाइरसको हल्ला भइसक्दा र चीनबाट विद्यार्थी नेपाल आउँदासमेत कोरोना परीक्षण गर्ने उपकरणको व्यवस्था नहुनु ।
  • समयमा कोरोना परीक्षण उपकरणको जोहो नगरिनु ।
  • बेलैमा स्वास्थ्य सामग्रीको व्यवस्था नगरिनु ।
  • भ्रष्टाचार र विवादले गर्दा स्वास्थ्य सामग्री खरिदको टेण्डर रद्द गरिनु ।

४. विषयगत क्षेत्र – सूचना तथा सञ्चार

सकारात्मक पक्ष

  • कोरोना भाइरसको नियन्त्रण तथा रोकथामसम्बन्धी सूचना तथा जानकारीलाई विशेष प्राथिमकता दिनु ।
  • जनचेतनामूलक कार्यक्रम तथा सामग्री तयार पारी प्रकाशन/प्रसारण गर्नु ।
  • कोरोना भाइरस सम्बन्धी सामग्रीको फ्याक्ट चेक हुनु ।
  • स्वास्थ्यबारे जानकारी दिन कल सेन्टरको व्यवस्था गर्नु ।
  • दैनिक पत्रकार सम्मेलन गरी जानकारी गराउनु ।
  • पत्रकारको सुरक्षामा चासो दिनु ।
  • सामाजिक सञ्जालमा सिर्जनात्मक कामका लाग कार्यक्रम र प्रोत्साहन गर्ने सामग्रीहरु राखिनु ।

कमजोरी

  • सूचना प्रवाहलाई व्यवस्थित गर्न नसक्नु ।
  • समन्वयको अभावमा गलत सूचना प्रवाह हुनु ।
  • फेक न्यूज प्रवाह हुनु ।
  • कोरोना लागेपछि मरिहालिन्छ कि भनेझैँ गरी सन्देश प्रवाह गर्नु ।

५. विषयगत क्षेत्र – सीमा नाका

सकारात्मक पक्ष

  • नेपाल र भारतको सीमा नाका बन्द गर्नु ।
  • नेपाल र भारतबीच सीमा नाका नखोल्ने सहमति हुनु ।
  • चिनियाँ नाका खोल्ने निर्णय गर्नु ।

कमजोरी

  • नेपाल र भारतको सीमानाका बन्दको निर्णय ढिला गर्नु ।
  • सीमा क्षेत्रमा नेपाली अलपत्र पर्नु ।

६. विषयगत क्षेत्र – एम्बुलेन्स

  • सकारात्मक पक्ष- कोराना आंशकित व्यक्तिका लागि एम्बुलेन्सको व्यवस्था हुनु ।
  • कमजोरी – एम्बुलेन्स चलाउन अस्वीकार गर्नु । एम्बुलेन्सले यात्रु ओसार्नु ।

७. विषयगत क्षेत्र – सरकार/राजनीतिक दल

सकारात्मक पक्ष

• सर्वदलीय बैठक आयोजना गर्नु ।
• राष्ट्रपति र प्रधानमन्त्रीले सम्बोधन गर्नु ।
• मन्त्रिपरिषद्को बैठकले नीतिगत निर्णयहरु गर्नु ।
• उच्चस्तरीय समिति गठन गरी सक्रिय पार्नु ।
• प्रदेश सरकार र स्थानीय सरकारको सक्रियता बढ्नु ।
• विदेशमा रहेका नेपालीबारे चासो व्यक्त गर्नु ।
• राजनीतिक दलहरुको सकृयता बढ्नु ।
• प्रतिपक्षी दलले खबरदारी गर्नु ।

कमजोरी

• कोरोनामा राजनीति गर्न खोज्नु ।
• राजनीतिक दलका भातृ संगठन र स्थानीय संयन्त्र धेरै सकृय नहुनु ।
• तीन तहका सरकारबीच समन्वयको अभाव हुनु ।
• परिपक्क निर्णय गर्न नसक्नु ।
• निर्णयको कार्यान्वयन प्रक्रिया ढिला हुनु ।
• सरकारी र निजी क्षेत्रका सबै संयन्त्रलाई परिचालन गर्न नसक्नु ।
• कोरोनाको असर र संवेदनशीलतालाई बेलैमा बुझ्न नसक्नु ।

८. विषयगत क्षेत्र – स्वास्थ्य सामग्री/उपकरण

सकारात्मक पक्ष

• केन्द्र, प्रदेश र विभिन्न जिल्लामा कोरोना भाइरस परीक्षण गर्ने उपकरणको व्यवस्था हुनु ।
• स्थानीय तहबाट मास्क, स्यानिटाइजर र पीपीई बनाउन थाल्नु ।
• चीनबाट स्वास्थ्य सामग्री प्राप्त गर्नु ।
• निजी क्षेत्रले स्वास्थ्य सामग्री नेपाल ल्याउनु ।
• विभिन्न क्षेत्रबाट सरकार र अस्पतालाई स्वास्थ्य सामग्री सहयोग हुनु ।

कमजोरी

• कोरोना भाइरसको हल्ला भइसक्दा र चीनबाट विद्यार्थी नेपाल आउँदा समेत कोरोना परीक्षण गर्ने उपकरणको व्यवस्था नहुनु ।
• समयमा कोरोना परीक्षण उपकरणको जोहो नगरिनु ।
• बेलैमा स्वास्थ्य सामग्रीको व्यवस्था नगरिनु ।
• भ्रष्टाचार र विवादले गर्दा स्वास्थ्य सामग्री खरिदको टेण्डर रद्द गरिनु ।

९. विषयगत क्षेत्र – यातायात

सकारात्मक पक्ष

• लामो दुरीका यातायात बन्द गर्नु ।
• अन्तर्राष्ट्रिय उडान बन्द गर्नु ।
• आन्तरिक उडान बन्द गर्नु ।
• लकडाउनको घोषणा गर्नु ।
• एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाइने निर्णय गर्नु ।
• गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध गर्नु ।
• ठाउँ ठाउँमा पुल र बाटो बन्द गर्नु ।

कमजोरी

• अन्तर्राष्ट्रिय उडान बन्द गर्न ढिला गर्नु
• लकडाउन उल्लङ्घन गर्नु
• पासको दुरूपयोग गर्नु ।

१०. विषयगत क्षेत्र – उद्धार

सकारात्मक पक्ष

• अलपत्र परेका पर्यटक,मजदुरलगायतको उद्धार गर्नु ।
• नेपाल भारतको सीमामा अलपत्र परेकालाई पटक पटक नेपाल प्रवेशको वातावरण मिलाउनु।

कमजोरी

• अलपत्र परेकालाई तत्काल उद्धार गर्ने संयन्त्र नहुनु ।
• अलपत्र परेकालाई ठाउँठाउँमा पुर्‍याउने वातावरण कम हुनु ।

११. विषयगत क्षेत्र – बजार

सकारात्मक पक्ष

• खाद्य सामग्रीको उपलब्धता हुनु ।
• अत्यावश्यक वस्तुका पसलहरु खोल्न अनुमति दिनु ।
• इन्धनको आपूर्ति हुनु ।
• नाकाबाट सामान आयात जारी राख्नु ।
• बजार अनुगमन गर्नु ।
• कालाबजारीमा संलग्नलाई कारबाही गर्नु ।
• भौतिक दुरी निर्धारण गरे खाद्य सामग्री बिक्री गर्नु ।
• घर घरमा तरकारी र दूध पुर्‍याउने व्यवस्था गर्नु ।
• अनलाइनबाट खाद्य सामग्री किन्ने सकिने व्यवस्था हुनु ।
• महँगा गाडीको आयात रोक्ने निर्णय गर्नु ।
• सडक तथा चोकमा तरकारी बिक्री गर्न रोक लगाउनु ।
• स्वास्थ्य र खाद्यान्न आपूर्तिबारे जानकारी दिन एप बनाउनु ।
• औषधि पसल नियमित रुपले खोल्न अपिल गर्नु ।
• ग्याँस वितरणलाई सहज पार्नु ।

कमजोरी

• ठाउँ ठाउँमा ग्याँसको अभाव हुनु ।
• औषधिको मूल्य बढ्नु ।
• तरकारी बजारमा आवश्यक सर्तकता नअपनाइनु ।
• किसानहरुको तरकारीलाई बजारमा लाने वातावरण नहुनु ।

कमजोरीका बाबजुद सकारात्मक काम

विभिन्न विषय र क्षेत्रमा केही सकारात्मक कामहरू भएका छन् । नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्नु पनि कोरोना रोकथाममा एउटा सकारात्मक पहल नै हो ।

यसबीचमा लकडाउन उल्लङ्घन गरेको आरोपमा सुरक्षाकर्मीले दुर्व्यवहार गर्नेदेखि लिएर कोरोनाको आशंकाले शव उठाउन समेत तयार नहुनु जस्ता त्रास र भयका घटना पनि भए । यस्ता कमी कमजोरीका बाबजुद पनि सकारात्मक कामहरू भएका छन् । ती कामलाई यसरी  बुँदागत रूपमा विश्लेषण गर्न सकिन्छ –

चेतावनी/कारबाहीको क्षेत्रमा भएका सकारात्मक काम

  • लकडाउन उल्लंघन गर्नेलाई कारबाही गर्नु ।
  • केही ठाउँमा निषेधाज्ञा लगाउनु ।
  • लकडाउन उल्लङ्घन गर्ने सवारी साधन नियन्त्रणमा लिनु ।
  • नर्सलाई कोठबाट निकाल्ने घरधनीलाई पक्राउ गर्नु ।
  • लकडाउनमा जुवा खेल्नेलाई पक्राउ गर्नु ।
  • लकडाउन उल्लघङ्घन गर्दा जनता कुट्ने प्रहरीलाई कारबाही हुनु ।
  • विदेशबाट आई घर लुक्नेलाई कारबाही गर्ने चेतावनी दिनु ।
  • कोरोनाबारे भ्रम फैलाउनेलाई पक्राउ गर्नु ।

छुट/सहुलियतको क्षेत्रमा भएका काम

  • विपन्नलाई घरभाडा नलिन आग्रह गर्नु ।
  • निजी विद्यालयलाई चैत्रको शुल्क नलिन आग्रह गर्नु ।
  • विद्युत महसुल ढिला तिर्दा जरिवाना लाग्ने व्यवस्था नहुनु ।
  • बालबालिकालाई सुधार गृह र हिरासतबाट रिहा गर्नु ।
  • केहीले घरभाडा छुट गर्ने घोषणा गर्नु ।
  • नेपाल टेलिकमद्वारा रिचार्ज बराबरको ब्यालेन्स दिने घोषणा गर्नु ।
  • इन्डक्सन प्रयोग विद्युत र भन्सार महसुल छुटको व्यवस्था गर्नु ।
  • कर्जाको साँवा र ब्याज केही समयमा लागि स्थगन गर्नु ।
  • लकडाउनमा घर फर्कन नपाएका पर्यटकको भिसाको म्याद थप्ने व्यवस्था मिलाउनु ।

राहत कोषको सकारात्मक पक्ष

  • केन्द्र, प्रदेश र स्थानीय तहमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोषको स्थापना गरिनु ।
  • राहत कोषमा विभिन्न क्षेत्रबाट सहयोग हुनु ।
  • आफूखुसी राहत कोष स्थापना गर्न नदिनु ।

सरसफाइ  र सुविधा

  • हात धुनका लागि सडक छेउमा पानी र साबुन हुनु ।
  • ठाउँ ठाउँमा ज्वरो नाप्ने र स्यानिटाइजरको व्यवस्था हुनु ।
  • विभिन्न स्थानीय निकायहरुद्वारा ‘डिसइन्फेक्टेड स्प्रे’ छर्किनु ।

भिड व्यवस्थापन–  

  • धार्मिक र सांस्कृतिक कार्यक्रमहरु स्थगित वा सांकेतिक रुपमा मात्र गर्नु  ।
  • भेटघाट बन्द वा निरुत्साहित गर्नु ।
  • २५ जनाभन्दा बढी भेला हुन रोक ।
  • स्थानीय सरकारद्वारा दुई जनाभन्दा बढी जम्मा नहुन आग्रह गर्नु

उद्योग व्यवसाय

  • उद्योग प्रतिष्ठानलाई शर्तसहित खोल्न दिनु ।
  • सरकारद्वारा अत्यावश्यक सेवामा श्रमिकलाई नरोक्न निर्देशन गर्नु ।

शैक्षिक क्षेत्र

  • माध्यामिक शिक्षाका परीक्षा स्थगित गरिनु ।
  • शैक्षिक संस्थाहरु बन्द गरिनु ।
  • अनलाइनबाट पढाइ सुरु गरिनु ।

कार्यालय सञ्चालन     

  • बैङ्कमा आवश्यक सेवा उपलब्ध हुनु ।
  • अत्यावश्यक क्षेत्रका कार्यालय सञ्चालन हुनु ।
  • आलोपालोको व्यवस्था गरिनु ।
  • अनलाइनबाट कार्यालयको काम गर्नु ।

(दुई दशक पत्रकारिता गरेका केसी सेन्टर फर मिडिया रिसर्चनेपालका पूर्वअध्यक्ष हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment